- संगालोखबर सम्वाददाता

विराटनगर । प्रदेश १ सरकारले कोशीको पुलदेखि मेची पुलसम्म र विराटनगरको रानीदेखि धरानसम्म राजमार्गमा सीसी क्यामेरा राख्ने भएको छ । प्रदेशको शान्ति सुरक्षालाई मध्यनजर गर्दै मुख्य राजमार्ग क्षेत्रमा सीसी क्यामेरा जडान गर्न लागिएको प्रदेश १ सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री केदार कार्कीले जानकारी दिए ।

Advertisement

रेडियो नेपाल प्रादेशिक प्रसारण केन्द्र धनकुटाले उत्पादन गरेको कार्यक्रम प्रदेश डायरीमा कुरा गर्दै मन्त्री कार्कीले शान्ति सुरक्षामा प्रविधिबाट निगरानी गरिने बताए । उनका अनुसार सीसी क्यामेरा जडान गर्न बजेट विनियोजन भइसकेको छ ।

शान्ति सुरक्षाको दृष्टिकोणमा सरकार नागरिकसँगै छ भन्ने बनाउन सरकारले वैज्ञानिक ढङ्गले काम गरिरहेको मन्त्री कार्कीको भनाई छ । ‘हामीले वैज्ञानिक ढङ्गले काम गरिरहेका छौँ,’ मन्त्री कार्कीले भने, ‘प्रदेशको राजधानीलाई पनि प्रविधिको माध्यमबाट निगरानीमा राख्ने गरी काम भइरहेको छ ।’

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!