संगालोखबर सम्बाददाता
फायल तस्वीर

ताप्लेजुङ । ताप्लेजुङको फुङलिङ नगरपालिका–५ मा बिद्युतको तार जोड्ने क्रममा करेन्ट लागेर आज एक जनाको मृत्यु भएको छ । मृत्यु हुँनेमा फुङलिङ–४ का ४८ बर्षीय सूर्य प्रकाश लिम्बु छन् ।

बिहान करिव साढे ११ बजे बिद्युतको पोलमा चढेर तार जोड्ने क्रममा करेन्ट लाग्दा लिम्बु घाइते भएका थिए । जिल्ला अस्पताल ताप्लेजुङमा उपचारका क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।

Advertisement
सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!