- संगालोखबर सम्वाददाता

विराटनगर । मोरङको पथरी शनिश्चरे नगरपालिका–२ का ४८ बर्षीय कमल श्रेष्ठलाई आमाको हत्या आरोपमा प्रहरीले पक्राउ गरेको छ । श्रेष्ठलाई आफ्नै ९० बर्षीया आमा जगमाया श्रेष्ठको हत्या आरोपमा पक्राउ गरिएको हो ।

Advertisement

माघ १२ गतेदेखि घरबाटै अचानक हराएकी भनिएकी बृद्धालाई हत्या गरी जलाइएको सूचना पाएपछि सुक्ष्म अनुसन्धान थालेको ईलाका प्रहरी कार्यालय पथरीको टोलीले सोमबार दिउँसो श्रेष्ठलाई पक्राउ गरेको हो । पक्राउ परेका श्रेष्ठले बुबाको नाममा रहेको १५ कट्ठा ९ धुर जग्गा आमा र अन्य भाईहरुलाईसमेत जानकारी नदिई आफ्नी श्रीमतीको नाममा बनाएका थिए ।

उक्त कुरा आमासहित भाईहरुले थाहा पाएपछि अदालतमा मुद्धासमेत परेको थियो । अदालतले उक्त जग्गा मध्ये ५ कठ्ठा जग्गा आमाको नाममा रहने फैसला सुनाएपछि श्रेष्ठले रिसको आवेगमा आमाको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।

घटनाको विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!