संगालोखबर सम्वाददाता

भोजपुर । भोजपुर नगरपालिका–१० बाट नियन्त्रीत लागुऔषध ब्राउन सुगरसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा केरावारी गाउँपालिका–१० का २९ बर्षीय सुमन तामाङ र धर्मदेवी नगरपालिका–५ का ३७ बर्षीय दल बहादुर तामाङ छन् ।

Advertisement

विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय भोजपुरबाट खटिएको टोलीले उनीहरुलाई २ ग्राम ब्राउन सुगरसहित पक्राउ गरेको हो । पक्राउ परेका दुबै जनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!