- संगालोखबर सम्वाददाता

मोरङ । मोरङको सुन्दरहरैचा नगरपालिका–४ बलियामा रहेको श्रेष्ठ होटलमा बेलबारीकी एक महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा सोही होटलका सञ्चालकसहित तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा होटल सञ्चालक ३५ बर्षीय अर्जुन कुमार श्रेष्ठ, सोही स्थानका २५ बर्षीय सुरज श्रेष्ठ र झापा मेचीनगर नगरपालिका ३ का २५ बर्षीय राम वहादुर नेपाली भनिने सुधान्सु दर्जी छन् ।

Advertisement

उनीहरुले गत ७ गते बेलुका साढे ५ बजे ती महिलालाई इटहरीबाट घर फर्कने क्रममा गछिया खोलाको पुल नजिकबाट घर पुर्याई दिन्छु भनेर गाडीमा चढाई होटलमा पुर्याएर जबरजस्ती करणी गरेको प्रहरीले जनाएको छ ।

घटना भएको भोलिपल्ट जानकारी पाएपछि ईलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरी टोलीले तत्काल होटल सञ्चालक अर्जुन कुमार श्रेष्ठ र सुरज श्रेष्ठलाई नियन्त्रणमा लिएको थियो । बलात्कारमा संलग्न भई फरार रहेका दर्जीलाई गत मंगलबार ईलामको सुर्योदय नगरपालिका १२ तिनघरेमा लुकीछिपी बसिरहेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो ।

१ नं प्रदेश प्रहरी कार्यालय र ईलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरी टोलीले उनलाई नियन्त्रणमा लिएको हो । पक्राउ परेका तीनै जनाविरुद्ध जबरजस्ती करणी मुद्दामा कारबाही प्रकृया अघि बढाइएको इलाका प्रहरी कार्यालय बेलबारीले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!