भेडेटार नजिक जंगलमा झोलाभित्र भेटियो मान्छेको टाउको र खुट्टा
धनकुटा । भेडेटार नजिक जंगलमा झोलामा पोको पारेर फालिएको अवस्थामा बुधबार साँझ मान्छेको टाउको र खुट्टा फेला परेको छ । भेडेटार–धरान सडक खण्डमा पर्ने जेठामाने गोलाइमा प्लाष्टिकको झोलामा पोको पारेर पालिएको अवस्थामा पुरुषको टाउको र एउटा खुट्टा फेला परेको हो ।
धरानबाट करिब ९ किलोमिटर माथि जंगलमा सडक नजिक मान्छेको टाउको र खुट्टा फेला परेको इलाका प्रहरी कार्यालय धरानका प्रमुख डीएसपी नरेन्द्र कुँवरले संगा...




























