संगालोखबर सम्वाददाता

झापा । झापाको बिर्तामोड नगरपालिका–४ ओमशान्ति टोलबाट लागुऔषध ब्राउन सुगरसहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ओमशान्ति टोलमा डेरा गरी बस्ने २१ बर्षीया हसिना मण्डल र बिर्तामोड–५ का १८ बर्षीय अर्वाज खान छन् ।

Advertisement

प्रहरी चौकी बिर्ताबजारबाट खटिएको टोलीले ३ ग्राम ब्राउन सुगरसहित उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ परेका दुबै जनाको विषयमा थप अनुसन्धान भइरहेको ईलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!