संगालोखबर सम्वाददाता

मोरङ । मोरङको बेलवारीमा कार चोरी गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । चोरीमा संलग्न बेलबारी नगरपालिका–३ का ३६ बर्षीय सुरज गुरुङ, केरावारी–१० का २५ बर्षीय तेज कुमार मगर र केराबारी–७ का २६ बर्षीय नगेन्द्र लिम्बुलाई प्रहरीले पक्राउ गरेको हो ।

Advertisement

बेलबारी नगरपालिका–१ सिनेमा हल अगाडिबाट आइतवार बिहान कार हराएको थियो । बिहान ८ बजे बेलबारी–३ का ४३ बर्षीय रिक्तमान गुरुङले पार्किङ गरेर राखेको प्रदेश ३–०१–०२५ च ९७५० नम्बरको कार हराएपछि उनले खोजतलासका लागि ईलाका प्रहरी कार्यालय बेलबारीमा निवेदन दिएका थिए ।

खोजी गर्ने क्रममा सोही दिन दिउँसो सुन्दरहरैंचा नगरपालिका–७ विश्वकर्मा मन्दिरमा उक्त कार फेला परेको हो । हराएको कार भेटिएपछि कार चोरीमा संलग्नलाई प्रहरीले पक्राउ गरेको हो । कार चेकजाँच गर्दा लागुऔषध पनि फेला परेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार उनीहरुको साथबाट लागुऔषध डाइजापाम ११ एम्पुल, एभिल ९ एम्पुल, फेनेरगन १० एम्पुल र लुपिगेसिस १० एम्पुल बरामद भएको छ । तीनै जनालाई पक्राउ गरेर उनीहरुको कारोवारका विषयमा अनुसन्धान थालिएको ईलाका प्रहरी कार्यालय बेलवारीले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!