- संगालोखबर सम्वाददाता

विराटनगर । मोरङको बेलवारी नगरपालिका–९ डाँगा बजारमा बुवाको हत्या गरेको आरोपमा छोरा पक्राउ परेका छन् । पक्राउ पर्नेमा स्थानीय ३५ बर्षीय जय बहादुर खत्री छन् ।

Advertisement

गएराती १० बजे खत्रीले आफ्नै बुबा ८० बर्षीय दल बहादुर खत्रीको घाँटी थिचेर हत्या गरेका हुन् । मादक पदार्थ सेवन गरेर आएका जय बहादुरले घरायशी बिषयमा विवादका क्रममा घाँटी थिच्दा घटनास्थलमै दल बहादुरको मृत्यु भएको थियो ।

घटनाको जानकारी पाएपछि ईलाका प्रहरी कार्यालय बेलवारीबाट खटिएको टोलीले जय बहादुरलाई पक्राउ गरेको हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!