संगालोखबर सम्बाददाता

धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिका–५ लेगुवास्थित अरुण नदीको किनारमा आज एक पुरुषको वेवारिसे शव फेला परेको छ । अपरान्ह करिब ४ बजे नदीको पानीमा तैरिरहेको अवस्थामा शव फेला परेको हो ।

Advertisement

गोरो वर्ण, पातलो शरीर, छोटो कपाल, रातो रंगको हाफ भेष्ट र कालो रंगको हाफ पेन्ट लगाएको मंगोलीयन अनुहार भएको करिब ५.५ ईन्च उचाईको अन्दाजी ४०/४५ वर्षको पुरुषको शव फेला परेको धनकुटाका प्रहरी प्रवक्ता डिएसपी सुरज कार्कीले जानकारी दिए । ‘नदीमा तैरिरहेको अवस्थामा शव भेटियो,’ डिएसपी कार्कीले संगालोखबरसँग भने, ‘शवको प्रकृति हेर्दा पुरानो जस्तो देखिदैन, झण्डै एक दिनभित्रकै घटना जस्तो देखिन्छ ।’

स्थानीयबासीले नदीमा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । घटनाको जानकारी पाएपछि पुगेको प्रहरी टोलीले शवलाई नदीबाट बाहिर निकालेको हो । जिल्ला प्रहरी कार्यालयबाट डिएसपी कार्कीको नेतृत्वमा गएको प्रहरी टोलीले शवको मुचुल्का तयार गरेको छ । मृतकको शवलाई पोष्टमार्टमका लागि साँझ जिल्ला अस्पताल ल्याइएको छ ।

मृतक को हुन् र के कारणले मृत्यु भएको खुल्न सकेको छैन । जिल्ला प्रहरी कार्यालयले मातहतका प्रहरी इकाइहरुमा खबर गरेर मृतकको पहिचान र घटनाको अनुसन्धान प्रकृया अघि बढाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!