- संगालोखबर सम्बाददाता

पाँचथर । पाँचथरको कुम्मायक गाउँपालिकाको केन्द्र यासोक बजारमा गएराती आगलागी भएको छ । आगोले स्थानीय झरेन्द्र खतिवडाको घरसहित पाँच वटा पसल जलेर नष्ट भएका छन् । आगलागीमा इलेक्ट्रोनिक, जुत्ता, टेलर्स, एग्रोभेट र कस्मेटिक पसल पनि जलेका हुन् ।

Advertisement

खतिवडाको घरमा रहेको जुत्ता पसलबाट राती करिब ८ बजे आगलागी सुरु भएको हो । आगो नियन्त्रणका लागि पाँचथर सदरमुकामबाट दुई वटा दमकल आएका थिए । दमकलको सहयोगमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयबासीले राती आगो नियन्त्रणमा लिएका छन् ।

आगलागीको कारण खुल्न सकेको छैन । आगलागीबाट भएको क्षतिको विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!