- संगालोखबर सम्बाददाता

संखुवासभा । संखुवासभाको मकालु गाउँपालिका वडा नं. ५ र १ जोड्ने गरी अरुण नदीमाथि बनाइएको पुल (बेलिब्रिज) भाँचिएको छ । मकालु–५ को नुम र मकालु–१ को वालुङ जोड्ने पुल शनिवार दिउँसो भाँचिदा तीन वटा ट्रक नदीमा खसेका छन् ।

Advertisement

पुल भाँचिदा निर्माणाधीन इप्सुवा हाइड्रो पावर कम्पनीको निर्माण सामाग्री लिएर गएका तीन वटा लोवेट ट्रक अरुण नदीमा खसेका हुन् । पुलको मध्यभाग भाँचिएपछि पुलमा रहेका तीन वटै ट्रक नदीको बीचमा खसेर पुलमा अल्झिएका छन् ।

ट्रकमा रहेका चालक र सह–चालक भने सकुशल छन् । उनीहरुलाई स्थानीयबासीले नदीबाट उद्धार गरेका छन् । पुलको क्षमता भन्दा बढी लोड बोकेका तीन वटा ट्रक एकै पटक तार्ने क्रममा पुल भाँचिएको स्थानीयबासीले बताएका छन् ।

तीन वटै लोवेट ट्रक हाइड्रो पावरको निर्माण सामाग्री लिएर वालुङतर्फ जाँदै थिए । दुई वटामा रड र एउटामा आयोजनाको ट्रनेलको पाइप वोकेर ट्रकहरू आयोजना स्थल जाँदै थिए ।

सो पुल २०७५ सालमा निर्माण गरिएको हो । इप्सुवा हाइड्रोपावरले अरुण नदीमा निर्माण सामाग्री लैजान बेलिब्रिज बनाएको थियो । पुल भाँचिएपछि आवतजावत ठप्प भएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!