संगालोखबर सम्बाददाता

धनकुटा । कोशी राजमार्गको धरान–धनकुटा सडक खण्डस्थित साँगुरीगढी गाउँपालिका–६ नमस्ते झरना नजिक आज साँझ पिकअप दुर्घटना भएको छ । विराटनगरबाट हिलेतर्फ जाँदै गरेको को.२ च १६६६ नम्बरको पिकअप गाडी साँझ करिब ५ बजे सडकमा पल्टिएको हो ।

Advertisement

दुर्घटनामा परी पिकअप सह–चालक विराटनगर महानगरपालिका–१९ का अभिषेक सरदार घाइते भएका छन् । उनलाई उपचारका लागि अस्पताल पठाइएको छ । सो पिकअपले सुँगुरको चारो बोकेको थियो । ब्रेकफेल भएर पिकअप दुर्घटना भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।

पिकअप चालक विराटनगर–१९ का अरबिन सरदारलाई ईलाका प्रहरी कार्यालय भेडेटारले नियन्त्रणमा लिएको छ ।

तस्वीर: सन्तोष सुवेदी/संगालोखबर

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!