संगालोखबर सम्बाददाता

धनकुटा । धनकुटामा सञ्चालन हुँदै आएको सवारी चालक अनुमति पत्रको प्रयोगात्मक परीक्षामा अब परीक्षार्थीले आफ्नै सवारी साधन प्रयोग गर्न पाउँने भएका छन् ।

Advertisement

आफ्नो सवारी साधन प्रयोग गर्न नपाउँदा परीक्षामा अनुत्रिर्ण हुँने क्रम बढेको गुनासो आइरहेका बेला यातायात व्यवस्था सेवा कार्यालय धनकुटाले व्यक्तिले आफ्नै सवारी साधन प्रयोग गरेर ट्रायल परीक्षा दिन पाउँने व्यवस्था मिलाएको हो ।

कार्यालयले सूचना जारी गरेर बिहिबार हुँने परीक्षाबाट यो नियम लागू हुँने जानकारी दिएको छ । यसअघि ट्रायल सेन्टरको सवारी साधनबाट मात्र परीक्षा दिन पाउँने व्यवस्था लागू गरिएको थियो । तर, आफुले सिक्नका लागि प्रयोग गरेको साधनबाटै परीक्षा दिन पाउँनुपर्ने भन्दै सर्वसाधरणले आवाज उठाउँदै आएका थिए ।

आफुले सिक्न प्रयोग गरेको सवारी साधन कुदाउँन वाँनी बसेको हुँनाले ट्रायल दिँदा आफ्नै साधन प्रयोग गर्न पाउँनुपर्ने उनीहरुले माग गर्दै आएका थिए ।

ट्रायलका लागि चार बुँदे मापदण्ड

ट्रायल दिन पाउँने सवारी साधनका लागि कार्यालयले चार बुँदे मापदण्ड पनि निर्धारण गरेको छ । ट्रायल दिन प्रयोग गरिने सवारी साधनको व्लुबुक नविकरण भएको हुँनुपर्ने र तेस्रो पक्ष बीमा गरिएको हुँनुपर्ने यातायात व्यवस्था सेवा कार्यालयले जनाएको छ ।

त्यस्तै, ट्रायल दिन आउँदा सवारी चालक अनुमति पत्र प्राप्त गरेको व्यक्तिसँग आउँनुपर्नेछ । त्यस्तै गरी सवारी चालक अनुमतिपत्र परीक्षा संचालन कार्यविधि निर्देशिका २०७७ ले निर्दिष्ट गरेको मापदण्ड बमोजिमको सवारी साधन हुँनुपर्ने कार्यालयले जनाएको छ ।

सूचना हेर्नुहोस्….

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!