- संगालोखबर सम्बाददाता

झापा । प्रेम दिवसकै दिन सोमबार झापाको भद्रपुरका एक युवाले श्रीमतीको हत्या गरेका छन् । भद्रपुर नगरपालिका–१ लाहुरे चौकका ३४ बर्षीय अमर बहादुर तामाङले चक्कु प्रहार गरी आफ्नै श्रीमती ३४ बर्षीया अनिता लिम्बुको हत्या गरेका हुन् ।

तामाङले बिहान साढे ५ बजे मोबाइल बिगारेको बिषयमा श्रीमती अनितालाई घाटी तथा शरिरमा चक्कु प्रहार गरेर हत्या गरेका हुन् । घटनापछि तामाङलाई सिमा प्रहरी चौकी पृथ्वीनगरले नियन्त्रणमा लिएको छ । उनलाई अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय झापा पठाइएको छ ।

मृतकको शवलाई पोष्टमार्टमका लागि मेची अस्पताल लगिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!