उदयपुर । उदयपुर गढी गाँउपालिका–७ स्थित बाघखोर कोल्टे सडकखण्डमा टिपर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । तीन जना घाइते छन् ।
मंगलवार साँझ बालुवा बोकेको पवित्रा निर्माण कम्पनीको स १ क १९० नंम्बरको टिपर ब्रेक फेल भई सडकबाट करिव ४० मिटर तल खसेको थियो । दुर्घटनामा टिपरमा सवार चारै जना घाइते भएका थिए । उनीहरुलाई उपचारका लागि जिल्ला अस्पताल उदयपुर पठाइएको थियो ।
उपचारकै क्रममा स्थानीय १९ बर्षीय उज्वल खपाङ्गीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । अन्य घाइतेको उपचार भइरहेको छ ।