- संगालोखबर सम्बाददाता

धनकुटा । आमा–वुवा दुवै गुमाएका धनकुटाको साँगुरीगढी गाउँपालिका वडा नं.१० का अनुज राईलाई नेपाली कांग्रेसले सहयोग गरेको छ । बिद्यार्थी परियोजना नेपाल काठमाडौंबाट प्राप्त १४ हजार ३ सय र साँगुरीगढी कांग्रेसले संकलन गरेको ७ हजार गरी २१ हजार ३ सय रुपैंयाँ प्रदान गरिएको हो ।

Advertisement

सहयोग प्राप्त गर्ने अनुज कांग्रेस साँगुरीगढी गाउँपालिकाका निवर्तमान अध्यक्ष स्वर्गीय झगेन्द्र राईका छोरा हुन् । चार महिना अघि घर नजिक खोलामा अध्यक्ष राईको शव फेला परेको थियो । घटना थाहा पाएपछि रुँदारुदै बेहोस भएर उनकी श्रीमतीको पनि मृत्यु भयो ।

आमा–वुवा दुवैको मृत्युपछि अभिभावकबिहिन भएका अनुज धरानस्थित माउण्ड हर्मन एकेडेमीमा कक्षा १० मा अध्ययनरत छन् । कांग्रेस जिल्ला सभापति दिनेश राई, सचिव राई, क्षेत्र नं. क का क्षेत्रिय सभापती जितेन्द्र राई, साँगुरीगढी गाउँपालिकाका सभापती नेपाल धन राई, वडा नं. १ का सभापती भुपेन राई, वडा नं. १० का सभापती राजु राई लगायतको टोलीले अनुजलाई रकम हस्तान्तरण गरेको हो ।

संविधान सभा सदस्य तथा नेपाली कांग्रेस धनकुटाका पूर्व सभापति मनोहर नारायण श्रेष्ठ र महाधिवेशन प्रतिनिधि उदय लिम्बुको समन्वयमा छात्रबृत्ति रकम प्राप्त भएकाले स्तानक तहसम्मको अध्ययनका क्रममा छ/छ महिनामा छात्रबृत्ति रकम प्रदान गरिने कांग्रेस जिल्ला सचिव राईले जानकारी दिए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!