संगालोखबर सम्वाददाता
सांकेतिक तस्वीर

सुनसरी । सुनसरीको कोशी गाँउपालिका–६ स्थित पूर्व पश्चिम राजमार्गमा स्कार्पियो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । ५ जना घाइते छन् । मृत्यु हुनेमा स्कार्पियोमा सवार सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–५ का ५० बर्षीय दिलिप मण्डल छन् ।

गएराती ९ बजे पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको प्रदेश नं. २–०१–००१ च ००३१ नम्बरको स्कार्पियो रोकी राखेको वीआर–जिरोवान–जीए–फोफोएटथ्री नम्बरको भारतीय ट्रकसँग ठोक्किएको थियो । स्कार्पियो उक्त ट्रकसँग ठोक्किएर अनियन्त्रित भई पुनः ना ७ ख ५८३ नम्बरको ट्रकमा ठोक्कियो ।

Advertisement

दुर्घटनामा कंकालिनी–५ का ६० बर्षीय लक्ष्मण साफी, ३६ बर्षीय राजेश मेहता, ४४ बर्षीय राम कुमार रजक, ४८ बर्षीया रामकुमारी देवी रजक र ५० बर्षीय उमेश कुमार साफी घाइते भएका हुन् । जिल्ला अस्पताल ईनरुवामा उनीहरुको उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

तीन वटै सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!