संगालोखबर सम्बाददाता
सांकेतिक तस्वीर

उदयपुर । पौडी खेल्ने क्रममा बेपत्ता भएका उदयपुरको कटारी नगरपालिका–४ का रबिन तामाङको शव फेला परेको छ । २७ बर्षीय तामाङ गत माघ १५ गते सिन्धुली फिक्कल गाउँपालिका–४ खांसाङस्थित सुनकोशी नदिमा पौडी खेल्ने क्रममा बेपत्ता भएका थिए ।

खोजतलास गर्ने क्रममा कटारी नगरपालिका–१४ स्थित सुनकोशी नदी किनारमा सोमबार दिउँसो उनको शव फेला परेको हो । बगाएको स्थान भन्दा करिब १६ किलोमिटर दक्षिणमा शव फेला परेको हो ।

Advertisement

इलाका प्रहरी कार्यालय कटारीको टोलीले तामाङको शव नदीबाट निकालेर कानुनी प्रकृया अघि बढाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!