- संगालोखबर सम्बाददाता

धनकुटा । एमसीसीको विरोधमा आज साँझ धनकुटाको पाख्रीवास बजारमा मसाल जुलुश प्रदर्शन गरिएको छ । नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र नेकपा क्रान्तिकारी माओवादीले संयुक्त रुपमा जुलुश प्रदर्शन गरेका हुन् ।

Advertisement

सरकारले एमसीसी सम्झौता अघि बढाउँन खोजिरहेका बेला सत्ताधारी दल माओवादी केन्द्र र एकीकृत समाजवादीकै नेता कार्यकर्ता एमसीसीविरुद्ध सडकमा उत्रिएका हुन् । हातमा मसाल बोकेर उत्रिएका नेता कार्यकर्ताले अमेरिका र एमसीसीविरुद्ध नारावाजी गरे । ‘एमसीसी सम्झौता खारेज गर, अमेरिकी साम्राज्यवाद मुर्दावाद, राष्ट्रवादी शक्तिहरु एक हौं’ जस्ता नारा लगाउँदै उनीहरुले प्रदर्शन गरेका छन् ।

स्थानीय जालपादेवी क्याम्पस नजिकबाट निस्किएको मसाल जुलुश पाख्रीवास चौकमा पुगेर कोणसभामा परिणत भएको थियो । सभालाई एकीकृत समाजवादीका पाख्रीवास नगर अध्यक्ष सोवित निरौला, माओवादी केन्द्रका नगर उपाध्यक्ष ओमप्रकास निरौला र क्रान्तिकारी माओवादीका जिल्ला सदस्य राजेन्द्र बस्नेतले संवोधन गर्दै राष्ट्रघाती एमसीसी सम्झौता खारेज गर्न माग गरेका छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!