- संगालोखबर सम्बाददाता
घटनास्थलमा अनुसन्धान गर्दै प्रहरी । तस्वीर सौजन्य: बिष्णु चौलागाई

धनकुटा । भेडेटार नजिक जंगलमा झोलामा पोको पारेर फालिएको अवस्थामा बुधबार साँझ मान्छेको टाउको र खुट्टा फेला परेको छ । भेडेटार–धरान सडक खण्डमा पर्ने जेठामाने गोलाइमा प्लाष्टिकको झोलामा पोको पारेर पालिएको अवस्थामा पुरुषको टाउको र एउटा खुट्टा फेला परेको हो ।

धरानबाट करिब ९ किलोमिटर माथि जंगलमा सडक नजिक मान्छेको टाउको र खुट्टा फेला परेको इलाका प्रहरी कार्यालय धरानका प्रमुख डीएसपी नरेन्द्र कुँवरले संगालोखबरलाई बताए । ‘त्यहाँ पुगेका मान्छेले दुर्गन्ध आएर हेर्दा झोला बाहिर मान्छेको खुट्टा देखेपछि हामीलाई खबर गर्नुभयो, हामी गएर हेर्दा प्लाष्टिकको झोलाभित्र पुरुषको टाउको र एउटा खुट्टा भेटियो,’ संगालोखबरसँग डीएसपी कुँवरले भने, ‘फेला परेको अंगलाई हामीले परीक्षणका लागि घोपामा ल्याएका छौं, घटनाको बिषयमा अनुसन्धान गरिरहेका छौं ।’

Advertisement

साँझ करिब ५ बजे अंग फेला परेको हो । मृतकको शरीर भने फेला परेको छैन । अंग फेला परेपछि प्रहरीले सो स्थानमा तालिम प्राप्त कुकुर लगेर अनुसन्धान थालेको छ । बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका फरेन्सी एक्सपोर्ट लगेर अंगहरुको परीक्षण पनि गराइएको डीएसपी कुँवरले जानकारी दिए । फेला परेका अंगहरुलाई अहिले प्रतिष्ठानको शव गृहमा राखिएको छ ।

मृतक को हुन् भन्ने पहिचान खुलेको छैन । हत्या गरेर टुक्रा–टुक्रा गरी सो स्थानमा ल्याएर टाउको र खुट्टा फालिएको हुँनसक्ने प्रहरीको अनुमान छ । शरीर टुक्राएर फाल्नुको कारण खुलेको छैन । मृतकको बाँकी शरीर कहाँ छ पत्तो छैन । प्रहरीले घटनाको बिषयमा अनुसन्धान गरिरहेको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!