रबिन कटेल

धनकुटा । भेडेटार नजिक जंगलमा टाउको गिडिएको अवस्थामा आज बिहान एक पुरुषको अर्ध शरीर फेला परेको छ । धरान–४ स्थित भेडेटार–धरान सडक खण्डमा पर्ने जंगलमा झोलामा पोके पारेर फालिएको अवस्थामा अर्ध शरीर फेला परेको हो ।

Advertisement

शरीरमा टाउको र दाहिने खुट्टा छैन । हिजो साँझ जेठामाने गोलाइमा प्लाष्टिकको झोलाभित्र टाउको र एउटा खुट्टा फेला परेको थियो । सो स्थानबाट भेडेटारतर्फ करिब १ किलोमिटर माथि शरीर फेला परेको हो ।

दुवै अंगको प्रकृति हेर्दा एउटै व्यक्तिको शरीरको टुक्रा हुनसक्ने इलाका प्रहरी कार्यालय धरानका प्रमुख डीएसपी नरेन्द्र कुँवर बताउँछन् । ‘हिजो भेटिएको टाउको, खुट्टा र आज भेटिएको शरीर हेर्दा एउटै व्यक्तिको जस्तो देखिन्छ,’ डिएसपी कुँवरले संगालोखबरसँग भने, ‘लगाएको कपडा र शरीरको प्रकृति पनि मिल्छ ।’

मृतकको पहिचान खुलेको छैन । प्रहरीले घटनाको बिषयमा थप अनुसन्धान गरिरहेको छ ।

यो पनि हेर्नुहोस्…

भेडेटार नजिक जंगलमा झोलाभित्र भेटियो मान्छेको टाउको र खुट्टा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement