संगालोखबर सम्बाददाता

विराटनगर । विराटनगरस्थित नोबेल शिक्षण अस्पतालले अस्पतालका कुनैपनि सेवा अवरुद्ध नरहेको जनाएको छ । अस्पताल प्रशासनले सूचना जारी गरेर अस्पतालका सम्पूर्ण सेवा सूचारु रहेको जानकारी दिएको हो ।

अस्पतालका सेवाहरु सूचारु भए÷नभएको विषयमा विरामीहरुले टेलिफोनबाट सोधपुछ गर्ने क्रम बढेको भन्दै अस्पताल प्रशासनले यो विषयमा सूचना जारी गरेको हो । ‘केही दिनदेखि अस्पताल सेवा बन्द रहेको भनी जनमानसमा भ्रम फैलिएको र धेरै विरामीहरुले अस्पतालमा फोन सम्पर्क गरी सोधखोज गरिरहनु भएको छ,’ अस्पतालले जारी गरेको सूचनामा भनिएको छ,‘नोबेलको ओपीडी, इमरजेन्सी, भर्ना, अप्रेशन लगायत सम्पूर्ण सेवा सूचारु रहेको जानकारी गराइन्छ ।’

नोबेल, निजी क्षेत्रबाट सञ्चालित पूर्वी नेपालको सवैभन्दा ठूलो अस्पताल हो । नोबेलमा पूर्वी नेपालका विभिन्न जिल्लासहित छिमेकी मूलुकबाट पनि दैनिक करिब तीन हजार विरामी उपचारका लागि आउँने गरेका छन् । सर्वसुलभ मूल्यमा भरपर्दो उपचारका लागि नोबेल विरामीहरुको रोजाइमा पर्ने गरेको छ । अत्याधुनिक उपकरण र दक्ष चिकित्सकको व्यवस्थापनका कारण नोबेलले जटिल एवं दुर्लभ अप्रेशन पनि सफलतापूर्वक गर्दै आएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!