संगालोखबर सम्बाददाता
फायल तस्वीर

ताप्लेजुङ । ताप्लेजुङको फुङलिङ नगरपालिका–५ बिरेन्द्र चौकमा करेन्ट लागेर विद्युत प्राधिकरणका एक कर्मचारीको मृत्यु भएको छ । बिद्युत कार्यालय ताप्लेजुङमा कार्यरत फुङलिङ नगरपालिका–४ क्याम्पस लाईनका ४८ बर्षीय सुर्य प्रकाश लिम्बुको मृत्यु भएको हो ।

फुङलिङ–५ स्थित बिरेन्द्र चौकका टेक बहादुर श्रेष्ठको घरमा बिद्युत लाईन बिग्रिएको थियो । विग्रिएको लाईन बनाउन बिजुलीको पोलमा चढ्दा करेन्ट लागेर लिम्बु पोलबाट भुईमा बजारिएका थिए ।

Advertisement

घटनामा गम्भीर घाइते भएका उनलाई जिल्ला अस्पताल ताप्लेजुङ लगियो । उपचारका क्रममा गएराती १२ बजे उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!