संगालोखबर सम्बाददाता

धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिकाको आठौं नगर सभा सम्पन्न भएको छ । नगरपालिकाको सभाहलमा नगर प्रमुख पर्शुराम नेपालको अध्यक्षतामा सभा सम्पन्न भएको हो ।

Advertisement

नगर सभाले तीन वटा ऐन तथा प्रस्ताव पास गरेको छ । सभाध्यक्ष नेपालले सभामा पेश भएका एजेण्डाहरुमाथि सभा सदस्यहरुलाई वोल्ने समय दिएका थिए । उनीहरुले आ–आफ्नो धारणा राखे । सभामा पालिकाका जनप्रतिनिधिहरुको साँढे ४ बर्षे कार्यकालको समिक्षा पनि गरिएको छ । सो अवसरमा वोल्ने वक्ताहरुले कार्यकाल उपलब्धिमूलक भएको धारणा राखेका छन् ।

कतिपय अवस्थामा बजेट अभावले सोचे अनरुप काम गर्न नसकिएको जनप्रतिनिधिहरुले बताए । तरपनि सिमित स्रोत साधन र बजेटमा उपलब्धिमूलक काम भएको उनीहरुको भनाई छ । नगर सभामा सभाध्यक्ष एवं नगर प्रमुख नेपाल र उप–प्रमुख मञ्जु अधिकारीले हालसम्म नगरले गरेका मुख्य–मुख्य कामहरुको बारेमा जानकारी गराएका छन् । सभामा उप–प्रमुख अधिकारीले मन्तब्यमार्फत नगरसभाका सदस्यहरुलाई स्वागत गरेकी थिइन् ।

२०७४ सालमा तीन चरणमा स्थानीय तह निर्वाचन भएको थियो । ०७४ असार १४ गते भएको निर्वाचनबाट महालक्ष्मीमा जनप्रतिनिधिहरु निर्वाचित भएका हुन् । उनीहरुको पाँच बर्षे कार्यकाल सकिन लागेको छ । सरकारले आगामी बैशाख ३० गते स्थानीय तह निर्वाचन घोषणा गरेकाले वर्तमान जनप्रतिनिधिहरुको यो अन्तिम नगर सभा हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!