धनकुटामा लोकसेवा परीक्षार्थीको मृत्यु
धनकुटा । लोकसेवाको परीक्षा दिन आएका एक परीक्षार्थीको धनकुटामा आज मृत्यु भएको छ । नायब सुब्बाको परिक्षा दिन धनकुटा आएका ताप्लेजुङ मौवाखोला–४ का २० बर्षीय सविन शेर्पाको मृत्यु भएको हो ।
गएराती धनकुटा–७ हुलाकटोल स्थित आयुसा होटलमा बसेका उनी बिहान परीक्षाका लागि जान कपडा लगाउँने क्रममा ढलेका थिए ।
त्यसपश्चात उपचारका लागि धनकुटा जिल्ला अस्पताल पुर्याईएका उनको उपचारकै क्रममा मृत्यु भएको धनकुटाका प्र...






























