संगालोखबर सम्वाददाता

धनकुटा । धनकुटाको साँगुरीगढी गाउँपालिका–६ कार्कीछापमा आज दिउँसो बस दुर्घटना भएको छ । दुर्घटनामा परी २५ जना भन्दा बढी घाईते भएको प्रहरीले जनाएको छ ।

Advertisement

घाईतेलाई उद्धार गरेर अस्पताल पठाउँने क्रम जारी रहेकाले घाईतेको संख्या यकिन हुँन वाँकी रहेको धनकुटाका ट्राफिक प्रहरी प्रमुख सुरेन्द्र खड्काले संगालोखबरलाई जानकारी दिए ।

धरानबाट तेह्रथुमको सुदापतर्फ जाँदै गरेको को.१.ख २८२४ नम्बरको बस अनियन्त्रित भई सडक छेउमा पल्टिएको हो । घाईतेहरुलाई उपचारका लागि धरान स्थित वीपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान पठाईएको छ । घटनाको थप विवरण आउँन वाँकी छ ।

धनकुटा बस दुर्घटना अपडेट : २३ घाईतेको घोपामा उपचार हुँदै (नामावलीसहित)

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!