
सुनसरी । धरानमा करेन्ट लाग्दा एक जनाको मृत्यु भएको छ । धरान उपमहानगरपालिका–१६ का ६५ बर्षीय केशर बहादुर गुरुङको करेन्ट लागेर मृत्यु भएको हो ।
मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर गुरुङ घाईते भएका थिए । उनलाई उपचारका लागि बी.पी.कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान लगिएको थियो । उपचारकै क्रममा उनको मृत्यु भएको ईलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।















