संगालोखबर सम्बाददाता

ताप्लेजुङ । ताप्लेजुङमा तमोर नदीले बगाउँदा एक बालक बेपत्ता भएका छन् । पौडी खेल्ने क्रममा ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–४ का १५ बर्षीय शुक्रबिर लिम्बुलाई तमोर नदिले बगाएको हो ।

Advertisement

शनिवार दिउँसो १२ बजे साथीहरुसँगै तमोर नदिमा पौडी खेल्न गएका उनलाई नदीले बगाएको हो । घटनाको जानकारी पाएपछि प्रहरी चौकी शिवाबाट प्रहरी टोली घटनास्थल गएको छ ।

प्रहरी र स्थानीयबासीले उनको खोजी गरिरहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!