संगालोखबर सम्बाददाता

विराटनगर । मोरङमा आज एकैदिन ६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । विराटनगर महानगरपालिकामा ८ महिला र २४ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।

Advertisement

बुढीगंगा गाउँपालिकामा २ पुरुष, रंगेली नगरपालिकामा २३ पुरुष र ६ महिलामा संक्रमण देखिएको छ । त्यस्तै कटहरी गाउँपालिकामा एक जना महिलामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यता झापाका २ जना र सुनसरीका एक जनामा पनि कोरोना संक्रमण भेटिएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!