
झापा । झापाको कमल गाउँपालिकामा जंगली हात्तीको आक्रमणबाट आज एक जनाको मृत्यु भएको छ । कमल गाउँपालिका–५ टुक्रेमा बिहान करिब ४ बजे जंगली हात्तीले आक्रमण गर्दा स्थानीय ५८ बर्षीय रोहित रेग्मीको मृत्यु भएको हो ।
जंगलबाट दुई वटा हात्ती बस्तीमा पसेका थिए । टाटीबेराले बनाएको रेग्मीको घरसमेत हात्तीले भत्काएको छ । भाग्ने क्रममा हात्तीले किच्दा उनको मृत्यु भएको ईलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।















