
धनकुटा । धनकुटाको सहिदभूमी गाउँपालिकामा आज दिउँसो पहिरोले एउटा घर बगाएको छ । दिउँसो करिब १ बजे बर्षासँग आएको पहिरोले सहिदभूमी गाउँपालिका–६ आँखिसल्लाका मानबहादुर रानामगरको घर बगाएको हो ।
पहिरोले बगाउँदा घर पूर्ण रुपमा क्षति भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ । घरमा मगरका श्रीमान–श्रीमति बस्दै आएका थिए । दिउँसोको समयमा पहिरोले घर बगाएकाले मानबीय क्षति भने भएको छैन ।
पहिरोका कारण घरमा भएको अन्न, लत्ताकपडा, एक तोला सुन र दुई तोला चाँदीसमेत पुरिदा करिब ४ लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।















