साफ च्याम्पियनसिपमा नेपाल र बङ्गलादेश भिड्दै

साफ च्याम्पियनसिपमा नेपाल र बङ्गलादेश भिड्दै

काठमाडौँ । पुरुष तर्फको २० वर्षमुनिको साफ च्याम्पियनसिप फुटबलमा नेपालले आज बङ्गलादेशसँग खेल्दैछ । च्याम्पियनसिप अन्तर्गत समूह विजेताका लागि दुई टोली भिड्न लागेका हुन् । खेल सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा दिउँसो ३ बजे सुरु हुनेछ । नेपाल र बङ्गलादेश दुवै देशले आफ्नो पहिलो खेलमा श्रीलङ्कालाई पराजित गरेका थिए । नेपालले १–० र बङ्गलादेशले २–० ले पराजित गरेपछि श्रीलङ्का प्रतियोगिताबाट बाहिरिँदा, ...
जापानमा हुने करातेमा चारजना नेपाली खेलाडीले प्रतिस्पर्धा गर्ने

जापानमा हुने करातेमा चारजना नेपाली खेलाडीले प्रतिस्पर्धा गर्ने

काठमाडौँ । जापानमा हुने वादोरियो कराते डो नवौँ अन्तर्राष्ट्रिय प्रतियोगितामा चारजना नेपाली खेलाडीले सहभागिता जनाउने भएका छन् । प्रतियोगितामा एलन श्रेष्ठ, सुस्मिता वाइबा, अनिल उपरकोटी र आरोन शेरचनले प्रतिस्पर्धा गर्ने भएका हुन् । अगस्ट २४ र २५ तारिखका दिन जापानको राजधानी टोकियोमा प्रतियोगिता हुनेछ । खेलाडीसहित ६ जनाको टोलीलाई पूर्वप्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाह...
साफ यू-२० च्याम्पियनसिपमा नेपालको विजयी सुरुवात

साफ यू-२० च्याम्पियनसिपमा नेपालको विजयी सुरुवात

काठमाडौं । साफ यू–२० च्याम्पियनसिप अन्तर्गत श्रीलंकाविरुद्धको खेलमा नेपाल विजयी भएको छ । ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा घरेलु टोली नेपालले १–० को जित दर्ता गरेको छ । च्याम्पियनसिप आजैबाट सुरु भएस्को हो । आजको उद्घाटन खेलको २४ औँ मिनेटमा निराजन धामीले गरेको गोल नै निर्णायक बन्यो । जितसँगै नेपालले समूहमा ३ अंक जोडेको छ । ६ राष्ट्र सम्मिलित प्रतियोगितामा समूह ए मा नेपालसहित...
साफ च्याम्पियनसिपः उद्‌घाटन खेलमा नेपाल र श्रीलङ्का भिड्दै

साफ च्याम्पियनसिपः उद्‌घाटन खेलमा नेपाल र श्रीलङ्का भिड्दै

काठमाडौँ । दक्षिण एसियाली राष्ट्रहरु बीच हुने यु–२० पुरुष साफ च्याम्पियनसिप फुटबल प्रतियोगिता आज सुरु हुँदैछ । ललितपुरको सातदोबाटोस्थित अखिल नेपाल फुटबल सङ्घ (एन्फा) कम्प्लेक्सको खेल मैदानमा हुने उद्‌घाटन खेलमा नेपाल र श्रीलङ्काले प्रतिस्पर्धा गर्दैछन् । उद्‌घाटन खेल दिउँसो ३ बजे सुरू हुनेछ । नेपालले साफ यू–२० च्याम्पियनसिप आयोजना गर्न लागेको यो चौथो पटक हो । यसअघि नेपालले पहिलो संस्करण सहित सन...
१० औँ राष्ट्रिय खेलकुदमा कोशीलाई पहिलो बनाउने तयारी गरौंः मन्त्री राई

१० औँ राष्ट्रिय खेलकुदमा कोशीलाई पहिलो बनाउने तयारी गरौंः मन्त्री राई

विराटनगर । कोशी प्रदेश सरकारका सामाजिक विकास मन्त्री पाँचकर्ण राईले १० औँ राष्ट्रिय खेलकुद प्रतियोगितामा अधिकतम पदक जित्ने गरी तयारीमा लाग्ने बताएका छन् । कोशी प्रदेश खेलकुद विकास बोर्डको आयोजनामा १० औँ राष्ट्रिय खेलकुद प्रतियोगिता लक्षित अन्तरक्रिया कार्यक्रम उनले यस्तो बताएका हुन् । मन्त्री राईले प्रदेशमा खेलकुद क्षेत्रका सबै सरोकारवालाहरूले एकताका साथ कोशी प्रदेशलाई पहिलो स्थानमा पुर्याउने ग...
झापाको काँकडभिट्टामा राष्ट्रिय चेस च्याम्पियनसिप हुने

झापाको काँकडभिट्टामा राष्ट्रिय चेस च्याम्पियनसिप हुने

झापा । झापाको काँकडभिट्टामा ‘छैटौँ राष्ट्रिय एमेच्योर चेस च्याम्पियनसिप’ हुने भएको छ । आगामी भदौ ७ देखि १० गतेसम्म च्याम्पियनसिप आयोजना हुने भएको हो । नाइट चेस क्लब र नेपाल बुद्धिचाल महासङ्घको आयोजनामा हुने च्याम्पियनसिपमा दुईवटा बेग्लाबेग्लै स्पर्धा हुने जनाइएको छ । ‘रेटिङ बिलो २०००’ र ‘रेटिङ बिलो १७००’ को बेग्लाबेग्लै स्पर्धा हुने महासङ्घले जनाएको छ । च्याम्पियनसिपका निर्देशक विश्‍वविजय घिमि...
अन्तरस्कुल फुटसल प्रतियोगितामा सेन्ट जोसेफ विजयी

अन्तरस्कुल फुटसल प्रतियोगितामा सेन्ट जोसेफ विजयी

विराटनगर । अन्तर स्कुल फुटसल प्रतियोगितामा विराटनगरको सेन्ट जोसेफ स्कुल विजयी भएको छ । फाइनल खेलमा कोशी मल्टिपल कलेजलाई पराजित गर्दै सेन्ट जोसेफ विजयी भएको हो । अन्तिम समयसम्म एक/एक गोलको बराबरी भएपछि पेनाल्टी सुटआउट भएको थियो । जसमा कोशी मल्टिपललाई सेन्ट जोसेफले पराजित गरेको हो । आदर्श स्कुललाई पराजित गर्दै कोशी मल्टिपल र पोखरियालाई पराजित गर्दै सेन्ट जोसेफ फाइनलमा पुगेका थिए । खेलमा उत्कृष्ट...
नेपाली खेलाडी सन्तोषी आज पेरिस ओलम्पिकमा प्रतिस्पर्धा गर्दै

नेपाली खेलाडी सन्तोषी आज पेरिस ओलम्पिकमा प्रतिस्पर्धा गर्दै

काठमाडौँ । नेपाली म्याराथन धाविका सन्तोषी श्रेष्ठले पेरिस ओलम्पिक-२०२४ मा आज हुने महिला म्याराथनमा प्रतिस्पर्धा गर्दैछिन् । नेपालबाट यसपटक ओलम्पिकमा सहभागी ७ खेलाडीमध्ये उनी प्रतिस्पर्धा गर्ने अन्तिम नेपाली खेलाडी हुन् । सन्तोषी युनिभर्सियालिटी कोटाबाट पहिलोपटक ओलम्पिकमा सहभागी भएकी हुन् । राष्ट्रिय कीर्तिमान तोड्ने लक्ष्यसहित पेरिस पुगेकी सन्तोषीले आफूले गरेको अभ्यासअनुसार सक्दो राम्रो गर्न प्...
ताप्लेजुङ गोल्डकप भदौ ३ देखि

ताप्लेजुङ गोल्डकप भदौ ३ देखि

ताप्लेजुङ । अन्तर्राष्ट्रिय आमन्त्रण ताप्लेजुङ गोल्डकपको दोस्रो संस्करण भदौ ३ गतेदेखि हुने भएको छ । लाखेजात्रा सञ्चालन समितिले पत्रकार सम्मेलन आयोजना गरी प्रतियोगिता भदौ १० गतेसम्म सञ्चालन हुने जनाएको छ । भानुजन माध्यमिक विद्यालयको खेलमैदानमा सञ्चालन हुने प्रतियोगितामा जिल्लाको एकसहित प्रतिष्ठित आठवटा क्लबलाई समावेश गराइने समितिका अध्यक्ष देवराज गुरुङले बताए । प्रतियोगितामा सङ्घर्ष सपोर्टिङ...
क्यानाडामा रहेका नेपाली मूलका तीनजना खेलाडीलाई बार्सिलोनामा अवसर

क्यानाडामा रहेका नेपाली मूलका तीनजना खेलाडीलाई बार्सिलोनामा अवसर

विराटनगर । क्यानाडामा रहेका नेपाली मूलका चारजना फुटबल खेलाडीले प्रसिद्ध फुटबल क्लब बार्सिलोनाको ला मासिया एकेडेमीमा खेल्ने अवसर पाएका छन् । टोरन्टो नेपाली फुटबल क्लब (टिएनएससी) मा आवद्ध उनीहरू आफ्नो खेल कौशल प्रदर्शनका लागि छनौटमा परेका हुन् । ला मासिया एकेडेमीमा यो अवसर पाउनेमा १६ वर्षीय मिडफिल्डर सागर थापा, १६ वर्षीय फरवार्ड हिमाल थापा, १४ वर्षीय  डिफेन्डर सबी बस्नेत र १७ वर्षीय गोलकिपर सक्षम...
भारतले जित्यो महिला भलिबलको उपाधि, नेपाल उपविजेता

भारतले जित्यो महिला भलिबलको उपाधि, नेपाल उपविजेता

काठमाडौँ । नेपाललाई हराउँदै भारतले काभा महिला भलिबल नेशन्स लिगको उपाधि जितेको छ । काठमाडौँको त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा आज भएको फाइनलमा भारतले नेपाललाई ३–२ को सेटमा हरायो । नेपालले पहिलो सेट २५–२३ ले जितेको थियो । दोस्रो सेट भारतले २५–१४ ले जित्यो । यसैगरी तेस्रो सेट नेपालले २५–२२ ले जित्दा चौथो सेट भारतले २५–२१ ले जित्यो । त्यसपछि अन्तिम सेट १५–५ ले जित्दै भारतले उपा...
महिला भलिबलको उपाधिका लागि आज नेपाल र भारत भिड्दै

महिला भलिबलको उपाधिका लागि आज नेपाल र भारत भिड्दै

काठमाडौँ । काभा महिला भलिबल लिगको उपाधिका लागि आज नेपाल र भारतबीच प्रतिस्पर्धा हुँदैछ । काठमाडौँको त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा अपराह्‍न ५ बजे सुरु हुने खेलमा दुवै टिम उपाधि हात पार्ने लक्ष्यसहित सहभागी हुनेछन् । हिजो भएको खेलमा इरानलाई हराउँदै नेपाल फाइनलमा पुगेको हो । नेपालले इरानलाई ३–० को सोझो सेटमा हरायो । योसँगै नेपालले लिग चरणमा इरानसँग बेहोरेको हारको बदला लिएको ...
इरानलाई हराउँदै नेपाल महिला भलिबलको फाइनलमा

इरानलाई हराउँदै नेपाल महिला भलिबलको फाइनलमा

काठमाडौँ । इरानलाई हराउँदै नेपाल काभा महिला भलिबल लिगको फाइनलमा पुगेको छ । काठमाडौँको त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्डहलमा आज भएको दोस्रो सेमिफाइनलमा नेपालले इरानलाई ३–० को सोझो सेटमा हराएको हो । नेपालले पहिलो सेट २५–२१, दोस्रो सेट २८–२६ र तेस्रो सेट २५–२० ले जित्यो । योसँगै नेपालले लिग चरणमा इरानसँगको हारको बदला लिएको छ । लिग चरणमा नेपाल इरानसँग ३–२ को सेटमा पराजित भएको थियो । ...
कराते च्याम्पियनसिपमा भाग लिन नेपाली टोली मलेसियातर्फ

कराते च्याम्पियनसिपमा भाग लिन नेपाली टोली मलेसियातर्फ

विराटनगर । मलेसियामा आयोजना हुने दोस्रो ओपन कराते च्याम्पियनसिप–२०२४ मा सहभागी हुने नेपाली खेलाडी आज त्यसतर्फ प्रस्थान गर्दै छन् । तौलसमूह ६० केजी पुरुषतर्फ विज्ञान पुन र विशाल बिसी, ६७ केजी तौलमा आशिष चौधरी, ७५ केजी तौलमा सचिन थापा तथा ८४ केजी तौलमा निरज बाबु थापाले नेपालको तर्फबाट प्रतिस्पर्धा गर्ने छन् । नेपालको टिम कोचमा हरिबहादुर घर्ती र टिम व्यवस्थापकतर्फ खगेन्द्र बुद्ध पनि मलेसिया जाँदै ...
महिला भलिबलः फाइनलमा पुग्न आज इरानसँग भिड्दै नेपाल

महिला भलिबलः फाइनलमा पुग्न आज इरानसँग भिड्दै नेपाल

काठमाडौँ । काभा महिला भलिबल लिगको फाइनलमा पुग्न नेपालले आज इरानसँग खेल्दैछ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा दोस्रो सेमिफाइनलमा बेलुकी सवा ५ बजे नेपाल र इरान खेल्नेछन् । त्यसअघि पहिलो सेमिफाइनलमा दिउँसो ३ बजे भारत र श्रीलङ्का बीच खेल हुनेछ । नेपालले हिजो माल्दिभ्सलाई सोझो सेटमा हराएको थियो । लिग चरणमा भारतलाई हराएर ऐतिहासिक उपलब्धि बनाउन सफल नेपालको महिला भलिबल टोली अघिल्ल...
काभा महिला भलिबलमा नेपालले माल्दिभ्सलाई हरायो

काभा महिला भलिबलमा नेपालले माल्दिभ्सलाई हरायो

काठमाडौँ । काभा महिला भलिबल लिगमा माल्दिभ्सलाई ३–० को सोझो सेटमा हराउँदै नेपाल समूह उपविजेता बनेको छ । त्रिपुरेश्वरमा रहेको राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा आज भएको दोस्रो खेलमा नेपालले माल्दिभ्सलाई हराएको हो । नेपालले माल्दिभ्सलाई पहिलो सेटमा २५–८, दोस्रो सेटमा २५–१९ र तेस्रो सेटमा २५–१८ ले हरायो । यो जितसँगै नेपालले ४ खेलमा ९ अङ्क जोडेको छ । अब नेपालले सेमिफाइनलमा लिगको तेस्रो स्थानमा रहेक...
अमेरिकी धावक बने विश्वको सबैभन्दा छिटो दौडने व्यक्ति

अमेरिकी धावक बने विश्वको सबैभन्दा छिटो दौडने व्यक्ति

विराटनगर । अमेरिकी धावक नोह लायल्सले पेरिस ओलम्पिक–२०२४ मा पुरुष एक सय मिटर दौडमा स्वर्ण पदक जित्दै विश्वकै सबैभन्दा छिटो दौडने व्यक्ति बनेका छन् । स्टेड डे फ्रान्समा गएराति भएको एक सय मिटर दौडमा लायल्सले निर्धारित दूरी ९.७८४ सेकेन्डमा पूरा गर्दै स्वर्ण जितेका हुन् । लायल्सले जमैकन धावक किसाने थम्पसनलाई पछि पारे । थोम्पसनले ९.७८९ सेकेन्डमा दौड पूरा गर्दै रजत पदक जिते । अमेरिकाकै फ्रेड केर्लेले...
भारतलाई हराउँदै काभा महिला भलिबलमा नेपालको ऐतिहासिक जित

भारतलाई हराउँदै काभा महिला भलिबलमा नेपालको ऐतिहासिक जित

विराटनगर । महिला भलिबलको इतिहासमा पहिलो पटक नेपालले भारतलाई हराएको छ । काठमाडौँमा भइरहेको काभा महिला भलिबल लिगमा नेपालले भारतलाई आज ३–२ को सेटमा हराएको हो । आजको जितसँगै भारतलाई हराएर नेपालले ऐतिहासिक उपलब्धि हासिल गरेको हो । पहिलो सेट नेपालले २५–१८ ले जितेको थियो । दोस्रो सेटमा भारतले २५–१२ ले पुनरागमन गर्‍याे । तेस्रो सेट नेपालले २५–१७ ले जित्यो । चौथो सेट भारतले २५–१८ ले जितेर खेल २–२ को बरा...
पेरिस ओलम्पिकः इजरायलका खेलाडीसँग पराजित भए दाहाल

पेरिस ओलम्पिकः इजरायलका खेलाडीसँग पराजित भए दाहाल

विराटनगर । नेपालका प्रिन्स दाहाल पेरिस ओलम्पिक–२०२४ को ब्याडमिन्टनतर्फ आफ्नो अन्तिम खेलमा पनि पराजित भएका छन् । पुरुष एकलतर्फ समूह ‘पी’ को आफ्नो अन्तिम खेलमा आज प्रिन्स इजरायलका मिसा गिल्बरम्यानसँग २–० को सोझो सेटमा पराजित भएका हुन् । पहिलो सेटमा १२–२१ ले पराजित भएका प्रिन्स दोस्रो सेटमा पनि १०–२१ ले पराजित भए । त्यसअघि प्रिन्स पहिलो खेलमा भिक्टर एक्सल्सनसँग २–० को सोझो सेटमा पराजित भएका थिए । ...
नेपाली पौडीबाज शाहले बनाए पेरिस ओलम्पिकमा कीर्तिमान

नेपाली पौडीबाज शाहले बनाए पेरिस ओलम्पिकमा कीर्तिमान

विराटनगर । नेपाली पौडीबाज एलेक्स शाहले पेरिस ओलम्पिकमा आफ्नो प्रदर्शनमा सुधार गर्दै राष्ट्रिय कीर्तिमान कायम गरेका छन् । केही बेरअघि सम्पन्न पुरुष १०० मिटर फ्रिस्टाइलमा प्रतिस्पर्धा गरेका एलेक्सले ५१ः९१ सेकेन्डमा दूरी पार गरेका थिए । यसअघि उनकै नाममा ५२ः१७ सेकेन्डको राष्ट्रिय कीर्तिमान थियो । उक्त इभेन्टमा ८९ पौडीबाजले हिट चरणमा प्रतिस्पर्धा गरेका थिए । एलेक्स हिट नम्बर ३ मा थिए । हिटमा उनी तेस...
नेपाली पौडीबाज शाह आज पेरिस ओलम्पिकमा प्रतिस्पर्धा गर्दै

नेपाली पौडीबाज शाह आज पेरिस ओलम्पिकमा प्रतिस्पर्धा गर्दै

विराटनगर । पेरिस ओलम्पिक–२०२४ मा नेपाली पौडीबाज एलेक्स शाहले आज प्रतिस्पर्धा गर्दैछन् । २२ वर्षीय एलेक्सले पुरुष १०० मिटर फ्रिस्टाइलमा प्रतिस्पर्धा गर्नेछन् । पेरिस डा डिफेन्स एरेनामा हुने इभेन्टमा एलेक्स हिट ३ मा प्रतिस्पर्धा गर्नेछन् । यस हिटमा एलेक्ससहित ८ प्रतिस्पर्धी छन् भने कूल ८९ खेलाडीले प्रतिस्पर्धा गर्दैछन् । १०० मिटर फ्रिस्टाइलमा एलेक्सकै नाममा राष्ट्रिय कीर्तिमान छ ।  उनले गत फेब्र...
पेरिस ओलम्पिकः ब्याडमिन्टनमा आयरल्याण्डका खेलाडीसँग प्रिन्स दाहाल पराजित

पेरिस ओलम्पिकः ब्याडमिन्टनमा आयरल्याण्डका खेलाडीसँग प्रिन्स दाहाल पराजित

विराटनगर । नेपालका ब्याडमिन्टन खेलाडी प्रिन्स दाहाल पेरिस ओलम्पिक–२०२४ को खेलमा पराजित भएका छन् । फ्रान्सको पेरिसस्थित ला चापेला एरिनाको कोर्ट नं. २ मा आज भएको समूह ‘पी’ को खेलमा विश्व वरीयताको ४३औं स्थानमा रहेका आयरल्याण्डका हात गुयेनसँग उनी पराजित भएका हुन् । गुयेनले प्रिन्सलाई २१–७ र २१–५ को सोझो सेटमा पराजित गरे । गुयेनलाई नतिजा आफ्नो पक्षमा पार्न ३५ मिनेट लाग्यो । पहिलो सेटको नतिजा १७ मिने...
पूर्व फुटबलर गम्भीर राईको निधन

पूर्व फुटबलर गम्भीर राईको निधन

झापा । झापाको भद्रपुर नगरपालिका–१० चन्द्रगढी निवासी पूर्व फुटबलर गम्भीर राईको निधन भएको छ । उनको उपचारको क्रममा बिर्तामोडस्थित बीएण्डसी अस्पतालमा गएराति निधन भएको हो । मधुमेह रोगबाट पीडित राई लामो समयदेखि औषधि सेवन गरिरहेका थिए । २०२५ साल फागुन ५ गते जन्मिएका गम्भीर १४ वर्षकै उमेरदेखि फुटबल खेलमा प्रवेश गरेका थिए । उनी अन्डर–१६, अन्डर–१९ र नेपाल यूथ फुटबल टिमको सदस्य पनि थिए । न्यू रोड टिम (एन...
भारतलाई हराउँदै श्रीलंकाले जित्यो वुमन एसिया कपको उपाधि

भारतलाई हराउँदै श्रीलंकाले जित्यो वुमन एसिया कपको उपाधि

विराटनगर । हर्षिता मदाभीको उत्कृष्ट प्रदर्शनसँगै श्रीलंकाले वुमन एसिया कपको उपाधि जितेको छ । पहिलो पटक उपाधि जित्ने क्रममा श्रीलंकाले सात पटकको च्याम्पियन भारतलाई ८ विकेटले हराएको हो । बलियो भारतले दिएको १६६ रनको लक्ष्य श्रीलंकाले १८.४ ओभरमा मात्र २ विकेट गुमाएर भेटायो । पहिलो विकेट भने सस्तैमा गुमाएको थियो । ओपनर भिश्मी गुणरत्ने मात्र १ रनमा आउट भएकी थिइन्, जतिबेला टिमको स्कोर मात्र ७ रन दियो ...
महिला एसिया कपः उपाधिका लागि भारत र श्रीलंका भिड्दै

महिला एसिया कपः उपाधिका लागि भारत र श्रीलंका भिड्दै

विराटनगर । एसिसी महिला एसिया कप क्रिकेटको फाइनलमा भारत र श्रीलंका भिड्ने भएका छन् । दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै आयोजक श्रीलंकाले भारतसँगको फाइनल भेट पक्का गरेको हो । आयोजक श्रीलंका र भारतको फाइनल भिडन्त आइतबार हुँदैछ । यो खेल आज दिउँसो ३:१५ बजे श्रीलंकाको डम्बुला क्रिकेट मैदानमा सुरु हुनेछ । यसअघि पहिलो सेमिफाइनलमा भारतले बंगलादेशलाई १० विकटले पराजित गर्दै महिला एसिया...
आज सुरू हुँदै ओलम्पिकः नेपालसहित २०६ देशको सहभागिता

आज सुरू हुँदै ओलम्पिकः नेपालसहित २०६ देशको सहभागिता

विराटनगर । विश्व खेलकुदको सर्वाधिक ठूलो प्रतियोगिता ओलम्पिकको औपचारिक सुरुवात आजबाट हुँदैछ । फ्रान्सको राजधानी पेरिसमा हुने ओलम्पिक खेलमा २०६ देशका १० हजार ७१४ खेलाडीले सहभागिता जनाउँदैछन् । ओलम्पिकमा नेपालबाट पाँच खेलका ७ खेलाडीले प्रतिस्पर्धा गर्दैछन् । उद्‌घाटन समारोह नेपाली समयअनुसार आज राति ११ः१५ मा सुरु हुनेछ। उद्‌घाटन समारोहमा २०६ देशका १० हजार ५०० खेलाडीले सहभागिता जनाउने आयोजकले जनाएको...
पेरिस ओलम्पिकमा सहभागी हुँदै पलेसा र गोवर्धन

पेरिस ओलम्पिकमा सहभागी हुँदै पलेसा र गोवर्धन

काठमाडौँ । फ्रान्सको पेरिसमा आयोजना हुने पाराओलम्पिकमा नेपालका पलेसा गोवर्धन र भरतसिंह महतले प्रतिस्पर्धा गर्ने भएका छन् । सिंहले अगस्ट २९ मा के–४४, पुरुष ५८ केजीमुनि तौल समूह तथा पलेसाले अगस्ट ३० मा के–४४, महिला ५७ केजीमुनि तौल समूहमा प्रतिस्पर्धा गर्नेछन् । पाराओलम्पिकमा सहभागिता जनाउने खेलाडी र प्रशिक्षकलाई बिदाइ गरिएको छ । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी र मन्त्रालयका सचिव सुमनराज अर्य...
एसिया कप क्रिकेटः नेपाल समूह चरणबाटै बाहिरियो

एसिया कप क्रिकेटः नेपाल समूह चरणबाटै बाहिरियो

विराटनगर । नेपाल एसीसी वुमन्स एसिया कप प्रतियोगिता २०२४ मा भारतसँग ८२ रनको फराकिलो अन्तरले पराजित भएसँगै समूह 'ए' बाटै बाहिरिएको छ । भारतले दिएको १७९ रनको बलियो लक्ष्य पछ्याएको नेपालले २० ओभरमा ९ विकेट गुमाउँदै ९६ रन बनायो । नेपालका लागि ओपनर सीता राना मगरले २२ बलमा ३ चौकासहित सर्वाधिक १८, कप्तान इन्दु बर्माले १८ बलमा २ चौकासहित १४ र रुबिना क्षेत्रीले १६ बलमा २ चौका र १ छक्कासहित १५ रन बनाइन् । ...
एसिया कपः समूह चरणको अन्तिम खेलमा भिड्दै नेपाल–भारत

एसिया कपः समूह चरणको अन्तिम खेलमा भिड्दै नेपाल–भारत

विराटनगर । श्रीलङ्कामा जारी महिला एसिया कप क्रिकेटअन्तर्गत समूह चरणको आफ्नो अन्तिम खेलमा आज नेपालले भारतको सामना गर्दैछ । खेल नेपाली समयअनुसार बेलुका ७ः१५ बजे श्रीलङ्कास्थित दाम्बुला स्टेडियममा हुनेछ । एक–एक खेल बाँकी रहँदा समूह ‘ए’ मा नेपाल र पाकिस्तानको समान २–२ अंक छ । भारतले दुई खेल जितिसकेको छ भने युएईले दुई खेलमा हार बेहोरेको छ । एकमा जित र एकमा हारसहित अङ्क तालिकाको तेस्रो स्थानमा रहेको ...
एसीसी एसिया कपः नेपाल र पाकिस्तान आज भिड्दै

एसीसी एसिया कपः नेपाल र पाकिस्तान आज भिड्दै

काठमाडौँ । श्रीलङ्कामा जारी एसीसी महिला एसिया कप क्रिकेटमा नेपालले आफ्नो दोस्रो खेलमा पाकिस्तानको सामना गर्दै छ । नेपाल र पाकिस्तानबीचको खेल श्रीलङ्काको डम्बुला मैदानमा आज साँझ ७ः१५ बजे सुरु हुनेछ । नेपाल पहिलो जितले उत्साह साथ बलियो प्रतिद्वन्दीविरुद्ध मैदानमा हुनेछ । पाकिस्तान नेपालसँगको प्रतिस्पर्धामा पहिलो जितको खोजीमा हुनेछ । नेपालले प्रतियोगिताको उद्‌घाटन खेलमा चिरपरिचित प्रतिस्पर्धी युए...
आयोजक माल्दिभ्सलाई हराउँदै नेपाल सेमिफाइनलमा

आयोजक माल्दिभ्सलाई हराउँदै नेपाल सेमिफाइनलमा

विराटनगर । माल्दिभ्समा जारी काभा यू-२० महिला भलिबल च्याम्पियनसिपमा नेपालले पहिलो जित निकाल्दै सेमिफाइनलमा स्थान बनाउन सफल भएको छ । चार टोली समिलित प्रतियोगितामा एक जितले नेपाल सेमिफाइनल प्रवेश गर्न सफल भयो । माले सिटीस्थित सोसल सेन्टरमा शनिबार भएको खेलमा नेपालले घरेलु टोली माल्दिभ्सलाई ३-० को सोझो सेटमा पराजित गर्दै प्रतियोगितामा पहिलो जित हासिल गरेको हो । नेपालले माल्दिभ्सलाई २५-१६, २५-९ र २५-...
error: Content is protected !!