विराटनगर । विराट गाेल्डकपकाे अन्तिम क्वाटरफाइनल खेलमा एनआरटी फुटबल क्लबलाई पराजित गर्दै चर्च ब्वाइज युनाइटेड सेमिफाइनलमा प्रवेश गरेकाे छ ।
आज राति सहिद रंगशालामा भएकाे खेलमा एनआरटीलाई २-० गाेल अन्तरले पराजित गर्दै चर्च ब्वाइज सेमिफाइनलमा प्रवेश गरेकाे हाे ।
चर्च ब्वाइजका लागि रिचार्ड विल्सनले पहिलाे हाफमा एक गाेल गरेका थिए भने दाेस्राे हाफमा आकाश राईले एक गाेल गरे । प्रतिस्पर्धात्मक खेलमा थुप्रै अवसर पाएपनि एनआरटीले गाेल गर्न सकेन ।
खेलकाे म्यान अफ द म्याच चर्च ब्वाइजका गाेल किपर टिकेन्द्र सिंह थापा घाेषित भए । भाेलिकाे पहिलाे सेमिफाइनल त्रिभुवन आर्मी क्लब र थ्री स्टार क्लबबीच साँझ ६:३० बजे हुने आयाेजकले जनाएकाे छ ।
फागुन १९ गतेबाट सुरु भएको गोल्डकप आगामी फागुन २८ गते समापन हुनेछ । प्रतियोगितामा विजेता हुने टोलीले ११ लाख र उपविजेता टोलीले पाँच लाख नगद पुरस्कार पाउनेछन् ।