
विराटनगर । विराटनगरको दिल्ली पब्लिक स्कुल (डीपीएस) का आदर्श गुप्ताले टेबल टेनिस प्रतियोगितामा सानदार जित निकालेका छन् ।
विराटनगरमा भएको अन्तर विद्यालय टेबल टेनिस प्रतियोगितामा गुप्ताले जनता माध्यमिक विद्यालयका रक्षा बुढालाई ३ सेटमा हराउँदै सानदार जित निकालेका हुन् ।
दृढ संकल्प र मेहनतका कारण गुप्ताले सानै उमेरमा उत्कृष्ट खेल प्रदर्शन गर्न सफल भएको विद्यालयले जनाएको छ । उनले स्वर्ण पदकसँगै ट्रफी र प्रमाणपत्र प्राप्त गरेका छन् ।

संगालोखबर 



















