तमोर नदिमा अण्डरपास निर्माण गरिँदै
धनकुटा । धनकुटा नगरपालिका-९ मूलघाट स्थित तमोर नदीमा अण्डरपास निर्माण थालिएको छ । संखुसभामा निर्माणधीन अरुण तेस्रो जलविद्युत आयोजनाको भारवहन समान लैजान अण्डरपास निर्माण थालिएको हो ।
भारी सामग्री पुलबाट लैजान जोखिम भएपछि अण्डरपास निर्माण थालिएको हो । आयोजनाले करिब ६० मिटर लामो अण्डरपास बनाउने छ । कोशी राजमार्गमा पर्ने धरान–धनकुटा सडक खण्डअन्तरगत मूलघाटमा २ सय मिटर लामो पक्की पुल छ ।
तर उक्त पुलक...































