इनरुवामा घर बनाउने क्रममा करेन्ट लाग्दा एक जनाको मृत्यु, एक गम्भीर

इनरुवामा घर बनाउने क्रममा करेन्ट लाग्दा एक जनाको मृत्यु, एक गम्भीर

सुनसरी । सुनसरीको इनरुवा नगरपालिका-३ मा करेन्ट लागेर घर निर्माणको काम गर्ने मजदुरको मृत्यु भएको छ । मृत्यु हुनेमा बर्जू गाउँपालिका-६ का ३५ वर्षीय नन्दकुमार चौधरी छन् । करेन्ट लागेर गढी गाउँपालिका-३ का ३२ वर्षीय श्रवण चौधरी घाइते भएका छन् । सुनसरीका प्रहरी प्रवक्ता डीएसपी योगराज खतिवडाका अनुसार आज बिहान ११ बजे निर्माणधीन घरको छत ढलान गर्न फलामको डन्डी मिलाउने क्रममा उनीहरूलाई करेन्ट लागेको थियो ...
सुनसरीको देवानगञ्जमा छुरा प्रहार गरी छोराले गरे बुबाको हत्या

सुनसरीको देवानगञ्जमा छुरा प्रहार गरी छोराले गरे बुबाको हत्या

विराटनगर । सुनसरीको देवानगञ्ज गाउँपालिका-३ मा छोराले बुबाको हत्या गरेका छन् । घरायसी विवादका क्रममा ४० वर्षीय मोहम्मद रियाज अन्सारीले छुरा प्रहार गरेर ६० वर्षीय बुबा सचिव अन्सारीको हत्या गरेका हुन् । प्रहरीका अनुसार जग्गा विवादमा रियाजले बुबाको शरीरको विभिन्न भागमा छुरा प्रहार गरेका थिए । आज बिहान विवाद उत्कर्षमा पुगेपछि रियाजले बुबालाई छुरा प्रहार गरेको सुनसरीका प्रहरी प्रवक्ता डीएसपी योगराज ख...
विराटनगरमा पोल भाँचिएका स्थानमा भोलि मात्रै विद्युत सुचारु हुने

विराटनगरमा पोल भाँचिएका स्थानमा भोलि मात्रै विद्युत सुचारु हुने

विराटनगर । विराटनगरमा पोल भाँचिएर विद्युत अवरुद्ध भएको स्थानमा भोलिबाट मात्रै विद्युत सुचारु हुने सम्भावना देखिएको छ । जनशक्ति अभावका कारण भाँचिएका पोल स्थानान्तरणमा ढिलाइ हुँदा आज विद्युत सुचारु हुने सम्भावना छैन । नेपाल विद्युत प्राधिकरण विराटनगर वितरण केन्द्रका प्रमुख सरोज कुमार साहका अनुसार पोल भाँचिदा महेन्द्र चोकदेखि बाबा सिनेमा हालसम्म करिब एक सय घरमा विद्युत अवरुद्ध भएको छ । ‘जनशक्ति अ...
विराटनगरमा कसरी भाँचिए १५ वटा पोल ?

विराटनगरमा कसरी भाँचिए १५ वटा पोल ?

विराटनगर । विराटनगर-१५ स्थित बाबा सिनेमा हल छेउमा रहेको पुरानो पिपलको बोट ढल्दा दुई दर्जन विद्युतीय पोल भाँचिएका छन् । आज बिहान करिब ६ बजे विद्युतको तारमाथि पिपलको बोट ढल्दा पोल भाँचिएका हुन् । पोल भाँचिएपछि बाबा सिनेमा हल आसपाससहित केही क्षेत्रमा विद्युत अवरुद्ध भएको छ । ‘पुरानो पिपलको रूख थियो । एक्कासि भाँचिएछ’, वडाध्यक्ष प्रकाश साहले संगालोखबरसँग भने, ‘तारमाथि रूख परेपछि १५ वटा पोल ढलेका छन...
धरानबाट लागूऔषधसहित एक जना पक्राउ

धरानबाट लागूऔषधसहित एक जना पक्राउ

सुनसरी । धरानबाट लागूऔषधसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा धरान उपमहानगरपालिका-१७ का २७ वर्षीय अन्जान विश्वकर्मा छन् । मंगलबार लागूऔषध कारोबार भइरहेको भन्ने विशेष सूचनाको आधारमा खटिएको प्रहरी टोलीले ट्रामाडोल एक हजार आठ सय ७३ क्याप्सुल र डिकोलिक एक हजार आठ सय ३४ ट्याब्लेट बरामद गरेको हो । उनलाई इलाका प्रहरी कार्यालय धरानमा राखिएको र आवश्यक अनुसन्धान भइरहेको सुनसरीका प्रहरी प्रवक्ता ...
धनकुटामा मनाइयो पुष्पलाल स्मृति दिवस

धनकुटामा मनाइयो पुष्पलाल स्मृति दिवस

धनकुटा । धनकुटामा पनि नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४७ औँ स्मृति दिवस मनाइएको छ । श्रीवनीस्थित एमाले पार्टी कार्यालयमा पुष्पलालको तस्बिरमा माल्यार्पणसँगै उनको योगदानको चर्चा गरेर स्मृति दिवस मनाइएको हो । कार्यक्रममा बोल्दै एमाले जिल्ला अध्यक्ष शिव आङ्लाले कम्युनिष्ट नेताहरूले देखाएको बाटोमा अघि बढ्नुपर्ने धारणा राखे । नेताहरूले परिकल्पना गरेका र बाँकी थुप्रै योजन...
ताप्लेजुङमा तमोर, घुन्सा र हेल्लोकमा आएको बाढीले बगायो बेलिब्रिज 

ताप्लेजुङमा तमोर, घुन्सा र हेल्लोकमा आएको बाढीले बगायो बेलिब्रिज 

ताप्लेजुङ । ताप्लेजुङको सदरमुकाम फुङलिङबाट उत्तरी क्षेत्रमा पर्ने फक्ताङलुङ गाउँपालिका-५ तापेथोक र वडा नम्बर ६ लेलेप जोड्ने तमोर नदीमाथिको बेलिब्रिज बाढीले बगाएको छ । चार वर्षअघि करिब पाँच करोड रुपैयाँ लागतमा बनाइएको उक्त बेलिब्रिज आज बिहान आएको बाढीले बगाएको हो । स्थानीयका अनुसार तमोर, घुन्सा र हेल्लोक तीनवटै खोलामा ठूलो बाढी आएको छ । वडा नम्बर ६ का वडाध्यक्ष पेमाटासी शेर्पाका अनुसार आज बिहान...
लेटाङमा सीटी सफारी दुर्घटना हुँदा एक जनाको मृत्यु

लेटाङमा सीटी सफारी दुर्घटना हुँदा एक जनाको मृत्यु

विराटनगर । मोरङको लेटाङ नगरपालिका-५ स्थित मदन भण्डारी लोकमार्गमा सफारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । आज दिउँसो भएको दुर्घटनामा लेटाङ-४ का ३२ वर्षीय जनम तामाङको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका उनलाई उपचारका लागि विराटनगरस्थित विराट नर्सिङ होम लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए । प्रहरीका अनुसार सफारी चालक लेटाङ-४ का ३९ वर्षीय भीषण राई पनि सामान्य घाइते भएका छन् । ...
भारोत्तोलन संघ मोरङको अध्यक्षमा थापा चयन

भारोत्तोलन संघ मोरङको अध्यक्षमा थापा चयन

विराटनगर । मोरङ जिल्ला भारोत्तोलन संघको अध्यक्षमा चिनाकाजी थापा सर्वसम्मत चयन भएका छन् । विराटनगरमा आज भएको साधारणसभाबाट थापाको अध्यक्षतामा ९ सदस्यीय तदर्थ समिति चयन भएको हो । समितिको उपाध्यक्ष प्रेमबहादुर खड्का, सचिवमा ध्रुवकुमार प्रधान र कोषाध्यक्षमा प्रमोदकुमार श्रेष्ठ चयन भएका छन् । सदस्यमा दीपेन्द्र थापा, शुभाशिष कोइराला, ज्योतिप्रसाद पौडेल, पर्शुराम निरौला र प्रवित राजवंशी सर्वसम्मत चयन भ...
मोरङको बेलबारीमा घरनजिकै पुरुष मृत फेला 

मोरङको बेलबारीमा घरनजिकै पुरुष मृत फेला 

विराटनगर । मोरङको बेलबारी नगरपालिका-८ त्रिवेणी चोकमा एक पुरुष मृत फेला परेका छन् । सोही स्थानका ५० वर्षीय शेरबहादुर खड्का मृत फेला परेका हुन् । सोमबार साँझ स्थानीयले घरदेखि करिब सय मिटर टाढा खड्कालाई मृत फेला पारेर प्रहरीलाई खबर गरेका थिए । प्रहरीका अनुसार उनको मृत्युको कारण खुल्न बाँकी छ । शव पोष्टमार्टमका लागि झापा स्थित दमक अस्पतालमा राखिएको छ । घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प...
त्रिधार्मिकस्थल हलेसीमा भारतीय दर्शनार्थीको भीड

त्रिधार्मिकस्थल हलेसीमा भारतीय दर्शनार्थीको भीड

खोटाङ । खोटाङमा अवस्थित विश्व प्रसिद्ध त्रिधार्मिकस्थल हलेसीमा दर्शनार्थीको घुँइचो लाग्न थालेको छ । ‘बोलबम’ मेला सुरु भएसँगै गेरुबस्त्रधारी दर्शनार्थी तथा भक्तजनहरूको घुइँचो लाग्न थालेको हो । मेलाको पहिलो दिन आज १२ हजार चार ७५ जना दर्शनार्थीले मन्दिर दर्शन गरेका छन् । हलेसी विकास समितिका अनुसार जसमध्ये सबैभन्दा धेरै भारतीय दर्शनार्थी छन् । तराईबाट हलेसीसम्म आउने सडक विस्तार भएपछि बोलबम मेलामा...
झापामा घरमा लागेको आगो निभाउने क्रममा चार जना घाइते 

झापामा घरमा लागेको आगो निभाउने क्रममा चार जना घाइते 

विराटनगर । झापाको हल्दीबारी गाउँपालिका-४ स्थित घरमा लागेको आगो नियन्त्रणमा लिने क्रममा एकै परिवारका चार जना घाइते भएका छन् । आज बिहान रोटी पकाउने क्रममा ६० वर्षीय पुण्यप्रसाद ओलीको घरमा आगलागी भएको हो । तीन तले पक्की घरको दोस्रो तालको भान्सा कोठामा बिहान ८ः४० बजेतिर ग्यासबाट आगलागी भएको झापाका प्रहरी प्रवक्ता डीएसपी खगेन्द्रबहादुर खड्काले जानकारी दिए । आगो निभाउने क्रममा पुण्यप्रसाद, उनका छोरा...
ओखलढुङ्गाका चार हजार बढी घर पहिरोको जोखिममा

ओखलढुङ्गाका चार हजार बढी घर पहिरोको जोखिममा

ओखलढुङ्गा । ओखलढुङ्गाका चार हजार बढी घर मनसुनजन्य विपद्को उच्च जोखिममा रहेको अनुमान गरिएको छ । आठ स्थानीय तहका ३५ बस्तीका चार हजार ४७ घर बाढीपहिरोको जोखिममा रहेको अनुमान गरिएको हो । जिल्ला प्रशासन कार्यालयका अनुसार विपद पूर्वतयारी तथा प्रतिकार्य योजना-२०८१ का अनुसार जिल्लामा तीन हजार नौ सय चार घर पहिरो र एक सय ४३ घर बाढीजन्य विपद्को जोखिममा छन् । स्थानीय तहहरूले जिल्ला विपद् व्यवस्थापन समितिला...
एक वर्षमा मोरङका ९८ जनाले त्यागे नेपाली नागरिकता, ८ वटा रद्द

एक वर्षमा मोरङका ९८ जनाले त्यागे नेपाली नागरिकता, ८ वटा रद्द

विराटनगर । एक वर्षको अवधिमा मोरङका ९८ जनाले नेपाली नागरिकता परित्याग गरेका छन् । जिल्ला प्रशासन कार्यालय मोरङले सार्वजनिक गरेको वार्षिक प्रगति प्रतिवेदन अनुसार ९८ जनाले नागरिकता परित्याग गर्दा ८ वटा नागरिकता रद्द भएका छन् । प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार आर्थिक वर्ष २०८१/८२ मा २७ हजार एक सय २१ जनाले वंशजको आधारमा नागरिकता लिएका छन् । कार्यालयले जारी गरेको तथ्याङ्क अनुसार एक हजार...
धनकुटामा २९४ विपद्का घटना : चार जनाको मृत्यु, एक करोड बढी क्षति

धनकुटामा २९४ विपद्का घटना : चार जनाको मृत्यु, एक करोड बढी क्षति

धनकुटा । धनकुटामा एक वर्षको अवधिमा विपद्का घटनामा परेर चार जनाको मृत्यु भएको छ । दुई सय ९४ वटा विपद्का घटना हुँदा चार जनाको मृत्यु भएको हो । गत आर्थिक वर्ष २०८१/०८२ मा बढी, पहिरो, चट्याङ र आगलागीका घटनाबाट एक करोड १२ लाख बढीको भौतिक क्षति भएको छ । जिल्ला प्रहरी कार्यालय धनकुटाका अनुसार पहिरोबाट तीन जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । यस्तै ४७ वटा पशुचौपाया मरेका छन् । एक सय ९२ वटा...
केराबारीमा वेल्डिङ गर्ने क्रममा करेन्ट लाग्दा क्रसरका कामदारको मृत्यु

केराबारीमा वेल्डिङ गर्ने क्रममा करेन्ट लाग्दा क्रसरका कामदारको मृत्यु

विराटनगर । मोरङको केराबारी गाउँपालिका-८ आमजुँगीमा रहेको महादेव क्रसरमा ‘वेल्डिङ’ गर्ने क्रममा करेन्ट लाग्दा कामदारको मृत्यु भएको छ । गोरखाको गण्डकी गाउँपालिका घर भएका ३५ वर्षीय मंगल चेपाङको मृत्यु भएको हो । मोरङका प्रहरी प्रवक्ता डीएसपी कोपिला चुडालका अनुसार चेपाङलाई सोमबार राति १० बजेतिर करेन्ट लागेको थियो । करेन्ट लागेर गम्भीर घाइते भएका उनलाई उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रति...
धरानबाट गाँजासहित दुई जना पक्राउ

धरानबाट गाँजासहित दुई जना पक्राउ

सुनसरी । सुनसरीको धरान उपमहानगरपालिका-१३ निशाने डाँडाबाट गाँजासहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा इटहरी उपमहानगरपालिका-७ का २४ वर्षीय सुरेश खत्वे र इटहरी-८ का २० वर्षीय तुलसी पासवान छन् । सुनसरीका प्रहरी प्रवक्ता डीएसपी योगराज खतिवडाका अनुसार सोमबार साँझ धनकुटाको राजारानीबाट धरानतर्फ आउँदै गरेको को १ ख ६०९० नम्बरको बस चेकजाँच गर्दा गाँजा फेला परेको हो । बसको डिकीमा दुई वटा झोलामा लु...
जबरजस्ती करणीपछि नाबालिका भतिजीको हत्या गर्ने काकालाई जन्मकैद

जबरजस्ती करणीपछि नाबालिका भतिजीको हत्या गर्ने काकालाई जन्मकैद

विराटनगर । मोरङको धनपालथान गाउँपालिका-५ मा बलात्कारपछि नाबालिका भतिजीको हत्या गर्ने काकालाई आजीवन कैद हुने भएको छ । जिल्ला अदालत मोरङका न्यायाधीश बाबुराम सुवेदीको इजलासले सोमबार २२ वर्षीय अनिष सरदारलाई मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ४१ अन्तर्गत जन्मकैदको फैसला गरेको हो । सरदारले बलात्कारपछि भतिजी ७ वर्षीया आत्तिका सरदारको हत्या गरेका थिए । घटना लुकाउनलाई हत्या गरेर फालेको अवस्थाम...
सुरुङभित्र करेन्ट लाग्दा अरुण तेस्रोमा कार्यरत मजदुरको मृत्यु

सुरुङभित्र करेन्ट लाग्दा अरुण तेस्रोमा कार्यरत मजदुरको मृत्यु

संखुवासभा । संखुवासभामा निर्माणाधीन नौ सय मेगावाट क्षमताको अरुणतेस्रो जलविद्युत आयोजनामा कार्यरत एक मजदुरको करेन्ट लागेर मृत्यु भएको छ । मृत्यु हुनेमा कैलालीको घोडाघोडी नगरपालिका-२ का ४० वर्षीय करणधर पौडेल छन् । करेन्ट लागेर गम्भीर घाइते भएका उनको उपचारका क्रममा जिल्ला अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उनलाई चिचिला गाउँपालिका-३ स्थित अरुणतेस्रो परियोजनाको अडिट थ्रीस्थ...
सप्तकोसी नदीमा नुहाउन पसेका एक बालक बेपत्ता

सप्तकोसी नदीमा नुहाउन पसेका एक बालक बेपत्ता

सुनसरी । सुनसरीको बराहक्षेत्र नगरपालिका-९ राजाबासस्थित सप्तकोसी नदीमा नुहाउन पसेका बालक बेपत्ता भएका छन् । भोक्राहा नरसिंह गाउँपालिका-१ का ११ वर्षीय दीपेश मेहता नदीमा बेपत्ता भएका हुन् । तीन जनासँगै नुहाउन गएकामा दुई जना सकुशल बाहिर आएका र दीपेश बेपत्ता भएको सुनसरीका प्रहरी प्रवक्ता डीएसपी योगराज खतिवडाको भनाइ छ । बेपत्ता दिपेशको नेपाल र सशस्त्र प्रहरीले खोजी गरिरहेको छ । हालसम्म उनीलाई फेला...
धनकुटाको चौबिसेबाट लागूऔषधसहित एक जना पक्राउ

धनकुटाको चौबिसेबाट लागूऔषधसहित एक जना पक्राउ

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिका-५ मानेडाँडाबाट लागूऔषधसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सोही स्थानका २५ वर्षीय सौगात मगर छन् । इलाका प्रहरी कार्यालय राजारानीबाट खटिएको प्रहरी टोलीले उनलाई आज बिहान लागूऔषधसहित नियन्त्रणमा लिएको धनकुटाका प्रहरी प्रवक्ता डीएसपी ओमप्रकाश खनालले जानकारी दिए । गोप्य सूचनाका आधारमा खटिएको प्रहरी टोलीले उनको कोठामा खानतलासी गर्दा ट्रामोल ९२ गोटी र डाइस...
सुनसरीमा करेन्ट लागेर ७२ वर्षीय वृद्धको मृत्यु

सुनसरीमा करेन्ट लागेर ७२ वर्षीय वृद्धको मृत्यु

विराटनगर । सुनसरीको इटहरी उपमहानगरपालिका-८ मा करेन्ट लागेर वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा ७२ वर्षीय तिलक चौधरी छन् । सुनसरीका प्रहरी प्रवक्ता डीएसपी योगराज खतिवडाका अनुसार आइतबार राति साउण्ड सिस्टममा चुँडिएको तार मर्मत गरेर प्लकमा जोड्ने क्रममा करेन्ट लाग्दा वृद्धको घटनास्थलमै मृत्यु भएको हो ।  मृतकको शव पोष्टमार्टमका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा राखिएको छ । घटन...
उदयपुरमा भ्यानको ठक्करबाट वृद्धाको मृत्यु

उदयपुरमा भ्यानको ठक्करबाट वृद्धाको मृत्यु

उदयपुर । उदयपुरमा भ्यानले ठक्कर दिँदा वृद्धाको मृत्यु भएको छ । दुर्घटनामा त्रियुगा नगरपालिका-७ चुहाडेकी ७४ वर्षीया कोटिमाया दनुवारको मृत्यु भएको हो । आइतबार कटारीबाट गाईघाट आउँदै गरेको बा. प्र. ०८-००१ ज ००७१ नम्बरको भ्यानले वृद्धालाई ठक्कर दिएको थियो । भ्यानको ठक्करबाट गम्भीर घाइते भएकी उनलाई उपचारका लागि जिल्ला अस्पताल लगिएकोमा उपचार सम्भव नभएपछि धरान लैजाँदै गर्दा बाटोमा नै मृत्यु भएको प्र...
तेजाब खाएका धरानका पुरुषको उपचारका क्रममा मृत्यु

तेजाब खाएका धरानका पुरुषको उपचारका क्रममा मृत्यु

सुनसरी । सुनसरीको धरान उपमहानगरपालिका-७ का ४४ वर्षीय सरोज विकको तेजाब सेवनबाट मृत्यु भएको छ । असार २३ गते घरको धारा सफा गर्न राखेको तेजाब खाएर बिक सिकिस्त भएका थिए । उनको उपचारका क्रममा आइतबार राति मृत्यु भएको सुनसरीका प्रहरी प्रवक्ता योगराज खतिवडाले जानकारी दिए । उनले मादक पदार्थ सेवन गरेर तेजाब खाएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । तेजाब खाएर सिकिस्त भएका विकलाई सुरुमा बीपी कोइरा...
एन्फा प्रेसिडेन्ट लिगमा सहभागिता जनाउँदै धनकुटाको देउराली युवा क्लब

एन्फा प्रेसिडेन्ट लिगमा सहभागिता जनाउँदै धनकुटाको देउराली युवा क्लब

धनकुटा । धनकुटाको देउराली युवा क्लबले एन्फा प्रेसिडेन्ट लिग २०२५ मा सहभागिता जनाउने भएको छ । आज पत्रकार सम्मेलन गर्दै क्लबले प्रतियोगितामा सहभागिता जनाउने जानकारी दिएको हो । देउराली युवा क्लब कोशी प्रिमियर लिग २०८१ को उपविजेता पनि हो । अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा हुने प्रतियोगितामा सातै प्रदेशका प्रतिनिधि टिम सहभागी हुनेछन् । क्लबका अध्यक्ष उदिप राईका अनुसार प्रतियोगितामा विजेता ह...
इटहरीको ट्यांग्रा खोलामा पौडी खेल्ने क्रममा डुबेका दुई बालकको मृत्यु

इटहरीको ट्यांग्रा खोलामा पौडी खेल्ने क्रममा डुबेका दुई बालकको मृत्यु

विराटनगर । सुनसरी इटहरी उपमहानगरपालिका-३ स्थित ट्यांग्रा खोलामा डुबेर दुई बालकको मृत्यु भएको छ । इटहरी-३ कल्याण चोकका ९ वर्षीय दीपसन चौधरी र इटहरी-२ का ९ वर्षीय क्रिश्वास लिम्बुको मृत्यु भएको हो । प्रहरीका अनुसार उनीहरू आज दिउँसो पौडी खेल्ने क्रममा डुबेका थिए । खोलामा डुबेर घाइते भएका उनीहरूलाई उपचारका लागि विराट शिक्षण अस्पताल ल्याइएको थियो । उनीहरूको उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको...
कान्तिपुरका नयाँ विद्यार्थीहरूलाई अभिमुखीकरण

कान्तिपुरका नयाँ विद्यार्थीहरूलाई अभिमुखीकरण

विराटनगर । विराटनगर-१० मा रहेको कान्तिपुर माध्यमिक विद्यालयले कक्षा ११ मा भर्ना भएका विद्यार्थीहरूका लागि अभिमुखीकरण कार्यक्रम गरेको छ । आज सिटी पार्टी प्यालेसमा एक कार्यक्रमको आयोजना गर्दै विद्यालयले विभिन्न संकायमा भर्ना भएका विद्यार्थीहरूका लागि अभिमुखीकरण प्रदान गरेको हो । विद्यालयका अनुसार होटल म्यानेजमेन्ट, विज्ञान र व्यवस्थापन संकायतर्फ एक हजार ६५ जना विद्यार्थी भर्ना भएका छन् । कार्यक्र...
हेवा खोलामा पानीको सतह बढ्दा मेची राजमार्ग अवरुद्ध

हेवा खोलामा पानीको सतह बढ्दा मेची राजमार्ग अवरुद्ध

विराटनगर । पाँचथरको हेवा खोलामा पानीको सतह बढेपछि मेची राजमार्ग अवरुद्ध भएको छ । पाँचथरको फिदिम नगरपालिका-४ र हिलिहाङ गाउँपालिका-७ जोड्ने हेवाखोलामा पानीको सतह बढेपछि सवारीसाधन आवत-जावत ठप्प भएको हो । ‘पानीको सतह क्रमशः घट्दै छ । पानीको बहाव पूर्णरूपमा घटेको छैन’, पाँचथरका प्रहरी प्रवक्ता रूपेश तामाङले संगालोखबरसँग भने, ‘क्षति भएको ठाउँमा जेसीबीको माध्यमबाट मर्मत गर्ने काम भइरहेको छ । तर सवारीस...
नोबेलमा १५ वर्षीय बालकको आन्द्राबाट निकालियो कैँची 

नोबेलमा १५ वर्षीय बालकको आन्द्राबाट निकालियो कैँची 

विराटनगर । विराटनगरको नोबेल मेडिकल कलेज एण्ड टिचिङ हस्पिटलले एक बालकको आन्द्राबाट कैँची निकालेको छ । अस्पतालका वरिष्ठ ल्याप्रोस्कोपिक सर्जन डा. अमित भट्टराई नेतृत्वको चिकित्सकहरूको टोलीले ल्याप्रोस्कोपिक प्रविधिको सहायताले सफलतापूर्वक शल्यक्रिया गरेर कैँची निकालेको हो । अस्पतालका अनुसार उदयपुरका एक १५ वर्षीय बालकले खेल्ने क्रममा कैँची निलेका थिए । कैँची निलेपछी बालकलाई आफन्तले गम्भीर अवस्थामा न...
सुनसरीको इनरुवामा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

सुनसरीको इनरुवामा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

सुनसरी । सुनसरीको इनरुवा नगरपालिका-७ स्थित भित्री सडक खण्डमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । शनिबार राति भएको दुर्घटनामा सोही स्थानका ३५ वर्षीय पारस यादवको मृत्यु भएको हो । प्रहरीका अनुसार को ३४ प ५१६ नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भएर दुर्घटना भएको हो । दुर्घटनामा घाइते भएका उनलाई उपचारका लागि लैजाने क्रममा बाटोमा नै मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा मोटरसाइकल प...
धनकुटामा ४७ प्रतिशत रोपाइँ हुन बाँकी

धनकुटामा ४७ प्रतिशत रोपाइँ हुन बाँकी

धनकुटा । धनकुटामा ४७ प्रतिशत रोपाइँ हुन बाँकी छ । कृषि ज्ञान केन्द्र धनकुटाका अनुसार पर्याप्त वर्षा नहुँदा रोपाइँ कम भएको हो । धनकुटामा चार हजार नौ सय ३८ दशमलब ८९ हेक्टर क्षेत्रफलमा धान खेती हुने गरेको छ । जसमध्ये दुई हजार छ सय १७ दशमलव ६१ हेक्टर क्षेत्रफल अर्थात ५३ प्रतिशत मात्रै रोपाइँ भएको छ । कृषि ज्ञान केन्द्रका अनुसार अझै दुई हजार तीन सय २१ दशमलव २८ हेक्टर क्षेत्रफल अर्थात ४७ प्रतिशत रोपा...
error: Content is protected !!