विराटनगरमा पहिलो पाँचतारे होटल ‘लेमन ट्री प्रिमियर’ सञ्चालनमा
विराटनगर । विराटनगरकै पहिलो पाँचतारे ‘लेमन ट्री प्रिमियर’ होटल सञ्चालनमा आएको छ । जुन नेपालमा लेमन ट्री होटल्स लिमिटेडको तेस्रो होटल हो । युवा उद्यमीहरू मनोजविक्रम शाह, कबिन श्रेष्ठ, विकास चौधरी र प्रशान्त तातेडको करिब दुई अर्ब रुपैयाँ लगानीमा विराटनगर-५ भृकुटी चोकमा होटल सञ्चालनमा आएको हो ।
यो होटलमा ८० वटा आधुनिक कोठा र सुइटहरूका साथै विभिन्न खानपान र सभा-सम्मेलनका सुविधाहरू रहेका छन् । विरा...































