धनकुटाबाट आठ करोड बढीको अलैँची निर्यात

धनकुटाबाट आठ करोड बढीको अलैँची निर्यात

धनकुटा । धनकुटामा अलैँची उत्पादनमा वृद्धि भएको छ । खोल्सीको ‘कालो सुन’ ले परिचित  अलैँची उत्पादनमा वृद्धि भएसँगै निर्यात पनि बढेको छ । आर्थिक वर्ष २०८१/०८२ मा आठ करोड ५० लाख ६३ हजार बढीको अलैँची निर्यात भएको कृषि ज्ञान केन्द्रले धनकुटाले जनाएको छ । ज्ञान केन्द्रका अनुसार आर्थिक वर्ष २०८०/८१ को तुलनामा गतवर्ष ५ दशमलव २ मेट्रिक टन अर्थात एक करोड चार लाख बराबरको अलैँची निर्यात भएको हो । गत आर्थिक...
इलामको सुकिलुम्बा विमानस्थल सुनसान

इलामको सुकिलुम्बा विमानस्थल सुनसान

इलाम । इलाम नगरपालिका-९ मा रहेको फाल्गुनन्द-सुकिलुम्बा विमानस्थल सुनसान छ । जिल्लावासीले विमानस्थल नियमित सञ्चालन हुनपर्ने माग गरिरहेपनि नियमित उडान हुन सकेको छैन । यो विमानस्थलमा गत आर्थिक वर्ष २०८१/८२ मा ३३ उडान भएको थियो । तर अहिले विमानस्थल जहाज उडानको पर्खाइमा छ । गत जेठ यता कुनै पनि उडान हुन सकेको छैन । यो विमानस्थलमा २०७५ जेठ २१ गते तारा एयरको ट्वीनअटर जाहाजले गरेको परीक्षण उडान सफल भएको...
कोशी प्रदेशका पाँचसहित ६१ स्थानीय तहले अझै ल्याउन सकेनन् बजेट

कोशी प्रदेशका पाँचसहित ६१ स्थानीय तहले अझै ल्याउन सकेनन् बजेट

विराटनगर । कोशी प्रदेशका पाँचसहित देशभरका ६१ स्थानीय तहले हालसम्म पनि चालु आर्थिक वर्षको बजेट सार्वजनिक गर्न सकेका छैनन् । ७५३ स्थानीय तहमध्ये ६९२ स्थानीय तहले मात्र बजेट सार्वजनिक गरी कार्यान्वयन गरेको सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ । स्थानीय तहले असार १० गतेभित्र बजेट सार्वजनिक गरिसक्नुपर्ने प्रावधान छ । तर, ६१ स्थानीय तहले हालसम्म पनि बजेट सार्वजनिक नगरेका हुन् । बजेट...
मानव बेचबिखनविरुद्ध धनकुटामा प्रभातफेरी

मानव बेचबिखनविरुद्ध धनकुटामा प्रभातफेरी

धनकुटा । मानव बेचबिखन विरुद्धको १९ औं राष्ट्रिय दिवसको अवसरमा आज धनकुटामा प्रभातफेरी गरिएको छ । ‘तीनै तहका सरकार मिली गरौँ हातेमालो: मानव बेचविखनको हटाऔं दुष्चक्रको जालो’ भन्ने मूल नारासहित धनकुटा नगरपालिका र जिल्ला प्रहरी कार्यालयको संयुक्त आयोजनामा प्रभातफेरी गरिएको हो । प्रभातफेरीमा कर्मचारी, सुरक्षाकर्मी, विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधि लगायत सहभागि थिए । भीमनारायण चोकबाट सुरु भएर...
सिधुवामा रक्तदान, ४० पिन्ट रगत संकलन

सिधुवामा रक्तदान, ४० पिन्ट रगत संकलन

धनकुटा । धनकुटाको छथर जोरपाटी गाउँपालिका-६  सिधुवामा भएको रक्तदानमा ४० पिन्ट रगत संकलन भएको छ । आज नेपाल रेडक्रस सोसाइटीको स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम आयोजना गरिएको हो । आकस्मिक अवस्थामा सहजै रगत उपलब्ध होस् भन्ने उद्देश्यका साथ रक्तदान गरिएको  रेडक्रस सिधुवा उपशाखाका सभापति निलबहादुर थापाले जानकारी दिए । रक्तदान कार्यक्रममा जनप्रतिनिधि, स्थानीयबासी, सुरक्षा निकायका प्रतिनिधि तथा स...
विराटनगरमा सार्वजनिक बिदा

विराटनगरमा सार्वजनिक बिदा

विराटनगर । विराटनगर महानगरपालिकाले मोहम्मद डेका अवसरमा शुक्रबार सार्वजनिक बिदा दिएको छ । इस्लाम धर्मका प्रवर्तक हजरत मोहम्मदको जन्मोत्सव अर्थात मोहम्मद डेका अवसरमा महानगर क्षेत्रभित्र सार्वजनिक बिदा दिने निर्णय भएको हो । अत्यावश्यक सेवाबाहेक महानगर अन्तर्गतका सम्पूर्ण कार्यालय बन्द रहने निमित्त प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद ढुङ्गेलद्वारा हस्ताक्षरित सूचनामा उल्लेख छ ।
विराटनगरमा एक सातादेखि ‘एक चिहान’ नाटक निरन्तर मञ्चन

विराटनगरमा एक सातादेखि ‘एक चिहान’ नाटक निरन्तर मञ्चन

विराटनगर । विराटनगरको हाटखोलास्थित आरोहण गुरुकुलमा ‘एक चिहान’ नामक नाटकको मञ्चन भइरहेको छ । हृदयचन्द्रसिंह प्रधानको उपन्यासमा आधारित ‘एक चिहान’ नाटक एक सातादेखि निरन्तर मञ्चन भइरहेको छ । माध्यमिक तहको अनिवार्य नेपालीको पाठ्यक्रममा रहेको उपन्यासलाई विद्यार्थीको अध्ययनमा सहयोग पुग्ने उद्देश्यसहित तयारी गरिएको जनाइएको छ । सोही कुरालाई मध्यनजर गर्दै भदौ ११ गतेबाट नियमित नाटक मञ्चन भइरहेको कार्यक्रम...
खोटाङमा बन्दुक देखाएर रकम माग्ने काँग्रेस नेता राईविरुद्ध उजुरी

खोटाङमा बन्दुक देखाएर रकम माग्ने काँग्रेस नेता राईविरुद्ध उजुरी

विराटनगर । खोटाङमा भरुवा बन्दुक देखाएर रकम मागेको आरोप लागेका काँग्रेस खोटाङका जिल्ला कार्यसमिति सदस्य श्यामकुमार राईविरुद्ध उजुरी परेको छ । दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका-११ खार्मीका राईविरुद्ध डाँका उद्योगसम्बन्धी शीर्षकका बुधबार जिल्ला प्रहरी कार्यालयमा उजुरी परेको हो । प्रहरीका अनुसार भदौ १६ गते बिहान खार्मीबाट दिक्तेल जाँदै गरेको ना १ ज ४३७२ नम्बरको सुमोलाई बाँस तथा मुढाले सडक अवरुद्ध ...
अख्तियारमा परेका उजुरीको निष्पक्ष छानविन गर्नुपर्नेमा जोड

अख्तियारमा परेका उजुरीको निष्पक्ष छानविन गर्नुपर्नेमा जोड

धनकुटा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीमा गत आर्थिक वर्षमा एक हजार सात सय ८३ वटा उजुरी परेका छन् । आयोगले बुधबार धनकुटामा आयोजना गरेको भ्रष्टाचार नियन्त्रण सुशासन प्रवर्द्धनमा स्थानीय तहको भूमिका विषय अन्तरक्रियामा यो तथ्याङ्क प्रस्तुत गरेको हो । सङ्घीय मामिला सम्बन्धी आठ सय १५, शिक्षा सम्बन्धी तिन सय ६५, भूमि सुधार सम्बन्धी एक सय १३, वन सम्बन्धी ९२, भौतिक सम्बन्धी ९३ र अन्य ...
सुनसरीको झुम्का कारागारमा तीन दिनमा तीन कैदीबन्दीको मृत्यु

सुनसरीको झुम्का कारागारमा तीन दिनमा तीन कैदीबन्दीको मृत्यु

विराटनगर । सुनसरीको झुम्का कारागारमा तीन दिनमा तीन जना कैदीबन्दीको मृत्यु भएको छ । उच्च ज्वरो, श्वासप्रश्वासमा समस्या र वान्ता हुने जस्ता लक्षण देखिएका कैदीबन्दीको उपचारका क्रममा मृत्यु भएको हो । बुधबार दिउँसो अचानक बेहोस भएपछि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पुर्‍याइएका सप्तरीको राजविराज-८ का ४६ वर्षीय जलेश्‍वर यादवको बुधबार साँझ उपचारका क्रममा मृत्यु भएको छ । कारागार प्रशा...
मोरङको रतुवामाईबाट ब्राउन सुगरसहित सशस्त्रका हवल्दार पक्राउ

मोरङको रतुवामाईबाट ब्राउन सुगरसहित सशस्त्रका हवल्दार पक्राउ

विराटनगर । मोरङबाट लागूऔषध ब्राउन सुगरसहित सशस्त्र प्रहरीका हबल्दार पक्राउ परेका छन् । पक्राउ पर्नेमा पर्साको वीरगञ्ज घर भएका सशस्त्र प्रहरीका हवल्दार ३६ वर्षीय मनिष गिरी छन् । प्रहरीका अनुसार रतुवामाई नगरपालिका-१ चुनीमारीस्थित सशस्त्र प्रहरी बल नेपालको प्रस्तावित सीमा सुरक्षा गुल्म बरडंगामा कार्यरत उनलाई सशस्त्रले नै पक्राउ गरेको हो । सशस्त्र प्रहरीले गएराति नियन्त्रणमा लिएर अनुसन्धानका लागि न...
भोजपुरमा प्रहरीले फाँड्यो आठ हजार बोट गाँजा

भोजपुरमा प्रहरीले फाँड्यो आठ हजार बोट गाँजा

भोजपुर । भोजपुरका विभिन्न स्थानमा एक साताको अवधिमा प्रहरीले आठ हजार बोट गाँजा नष्ट गरेको छ । गाँजाका बोट तथा बेर्नाहरू फडानी गरेर नष्ट गरिएको प्रहरीले जनाएको छ । डाँडा पाखामा अवैध रुपमा लगाइएको तथा आफै उम्रेका गाँजाका बोटहरू नष्ट गर्ने अभियान प्रहरीले सञ्चालन गरिरहेको छ । सोही अभियान अन्तर्गत यो साता हतुवागढी गाउँपालिका र आमचोक गाउँपालिकाको विभिन्न वडामा करिव ४३ रोपनी क्षेत्रफलको ४ हजार २ सय बो...
ताप्लेजुङमा बाढीले जलविद्युत आयोजनामा क्षति पुऱ्याउँदा दुई सय परिवार विद्युतविहीन

ताप्लेजुङमा बाढीले जलविद्युत आयोजनामा क्षति पुऱ्याउँदा दुई सय परिवार विद्युतविहीन

विराटनगर । ताप्लेजुङमा बाढीले जलविद्युत आयोजनामा क्षति पुऱ्याउँदा दुई सय घरपरिवार विद्युतविहीन भएका छन् । फक्ताङलुङ गाउँपालिका-६ लेलेपमा रहेको थाक्पाखोला लघु जलविद्युत आयोजनामा सोमबार राति आएको बाढीले ५० किलोवाट क्षमताको लघुजलविद्युत आयोजनामा क्षति पुर्याएको हो । गत असार अन्तिम सातामा आएको बाढीले क्षति पुर्याएको विद्युतको पुनः निर्माण गरी सञ्चालनमा आएको दुई सातामै बाढीले क्षति पुर्याएको वडा नम...
धनकुटाका स्थानीय तहको वार्षिक समीक्षा सुरु

धनकुटाका स्थानीय तहको वार्षिक समीक्षा सुरु

धनकुटा । धनकुटामा स्थानीय तहको अभ्यास सम्बन्धी अनुभव आदानप्रदान तथा आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रगति समीक्षा गोष्ठी आजदेखि सुरु भएको छ । पूर्वमन्त्री तथा प्रतिनिधि सभा सदस्य राजेन्द्रकुमार राईको उपस्थितिमा गोष्ठी सुरु भएको हो । सांसद राईले जिल्लामा सञ्चालित बजेट योजनाको प्रगति समीक्षा भएकाले स्थानीय तहका जनप्रतिनिधि, कार्यालय प्रमुख र प्रशासकीय अधिकृतहरूको अनिवार्य उपस्थिति नदेखिएको भन्दै ...
सुनसरीबाट ब्राउन सुगरसहित एक जना पक्राउ

सुनसरीबाट ब्राउन सुगरसहित एक जना पक्राउ

सुनसरी । सुनसरीको रामधुनी नगरपालिका-५ बाट लागूऔषध ब्राउन सुगरसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ३० वर्षीय सागर राई छन् । लागूऔषधको कारोबार भइरहेको भन्ने सूचनाका आधारमा खटिएको प्रहरी टोलीले झुम्का बजारस्थित दिदीको घरमा बसिरहेको अवस्थामा उनलाई पक्राउ गरको हो । सुनसरीका प्रहरी प्रवक्ता डीएसपी योगराज खतिवडाका अनुसार उनको साथबाट एक सय पाँच ग्राम पाँच सय ६० मिलिग्राम ब्राउन सुगर बरामद भएक...
ताप्लेजुङमा काबेली नदीले एक्साभेटर र टिपर बगायो

ताप्लेजुङमा काबेली नदीले एक्साभेटर र टिपर बगायो

ताप्लेजुङ । ताप्लेजुङको काबेली नदीले एक्साभेटर र टिपर बगाएको छ । गएराति परेको अविरल वर्षासँगै पानीको बहाव बढेपछि सिनाम पावर हाउसमा रहेका दुई वटा एक्साभेटर र दुई वटा टिपर बगाएको हो । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका अनुसार काबेली नदीले नम्बर नखुलेका दुईवटा एस्काभेटर र दुईवटा टिपर बगाएको छ । सिरिजङ्गा गाउँपालिका-१ स्थित उक्त पावरहाउसबाट बगाएका दुई वटा एक्साभेटर भने करिब २० मिटर तल डुबेको अवस्था...
काँकडभिट्टा नाकाबाट साउन महिनामा १ अर्ब बढीको कृषिजन्य वस्तु निर्यात

काँकडभिट्टा नाकाबाट साउन महिनामा १ अर्ब बढीको कृषिजन्य वस्तु निर्यात

विराटनगर । प्लान्ट क्वारेन्टिन तथा विषादी व्यवस्थापन केन्द्र क्वारेन्टिन कार्यालय काँकडभिट्टाबाट एक महिनामा एक अर्ब २३ करोड बढीको कृषिजन्य वस्तु निर्यात भएको छ । चालू आर्थिक वर्षको साउन महिनामा एक अर्ब २३ करोड ५३ लाख ८६ हजार रुपैयाँ बराबरको कृषिजन्य वस्तु निर्यात भएको हो । कार्यालयका अनुसार निर्यात हुने मुख्य वस्तुहरूमा अलैँची, चिया, प्लाइ तथा भेनियर, अदुवा, अम्रिसोलगायत छन् । एक महिनाको अवधिम...
उदयपुरमा छात्रालाई विद्यालयमै बलात्कार गरेको आरोपमा प्रधानाध्यापक पक्राउ

उदयपुरमा छात्रालाई विद्यालयमै बलात्कार गरेको आरोपमा प्रधानाध्यापक पक्राउ

उदयपुर । उदयपुरमा एक १४ वर्षीया छात्रालाई विद्यालयमै बलात्कार गरेको आरोपमा प्रधानाध्यपक पक्राउ परेका छन् । बेलका नगरपालिका-२ कन्चनजंगास्थित हिमशिखर सामुदायिक इङ्ग्लिस बोर्डिङका प्रधानाध्यापक ४७ वर्षीय युवराज श्रेष्ठ पक्राउ परेका हुन् । श्रेष्ठले भदौ १४ गते बिहान करिब १०ः४५ बजे आफ्नै कार्यालय कोठामा छात्रामाथि बलात्कार गरेको भन्दै पीडितका आफन्तबाट उजुरी परेको प्रहरीले जनाएको छ । ‘आफन्तबाट हिजो ...
पाठकको प्रतीक्षामा छन् धनकुटाका पुस्तकालय 

पाठकको प्रतीक्षामा छन् धनकुटाका पुस्तकालय 

धनकुटा । समय यस्तो पनि थियो, पुस्तक तथा पत्रपत्रिका पढ्न पुस्तकालयमा मानिसहरूको घुँइचो नै लाग्थ्यो । युवा देखि वृद्धवृद्धाहरू साँझ बिहान पुस्तकालयमा भेटिन्थे । तर प्रविधिको पँहुच र सामाजिक सञ्जालका कारण आजभोलि पठन संस्कृति लोप हुन थालेसँगै पुस्तकालयहरू पनि सुनसान हुन थालेका छन् । वि.स. २०६८ सालमा धनकुटाको देवानटारमा स्थापना गरिएको गार्गचार्य सामुदायिक विश्वभाषा पुस्तकालय पछिल्लो समय पाठकविहीन ब...
अनेम संघ क्रान्तिकारी महालक्ष्मी नगर कमिटी अध्यक्षमा गुरुङ चयन

अनेम संघ क्रान्तिकारी महालक्ष्मी नगर कमिटी अध्यक्षमा गुरुङ चयन

धनकुटा । नेकपा माओवादी केन्द्र निकट अखिल नेपाल महिला संघ (क्रान्तिकारी) महालक्ष्मी नगर कमिटी अध्यक्षमा टंकी गुरुङ चयन भएकी छन् । धनकुटाको महालक्ष्मी नगरपालिका-७ जितपुरमा भएको भेलाले गुरुङलाई सर्वसम्मत अध्यक्षमा चयन गरेको हो । माओवादी केन्द्र जिल्ला समन्वय समिति अध्यक्ष कुसुम श्रेष्ठ, अनेम संघ (क्रान्तिकारी) धनकुटा अध्यक्ष गिता गुरुङ खेवा र अनेम संघ (क्रान्तिकारी) प्रदेश सदस्य सानु कार्की बस्नेत...
ताप्लेजुङमा पुल निर्माणको क्रममा करेन्ट लाग्दा युवकको मृत्यु

ताप्लेजुङमा पुल निर्माणको क्रममा करेन्ट लाग्दा युवकको मृत्यु

ताप्लेजुङ । ताप्लेजुङमा करेन्ट लागेर युवकको मृत्यु भएको छ । फक्ताङलुङ गाउँपालिका-५ का ३० वर्षीय सन्तोष राईको करेन्ट लागेर मृत्यु भएको हो । तक्मेवा खोलामा पुल निर्माणको क्रममा करेन्ट लागेर घाइते भएका राईलाई उपचारका लागि प्राथमिक उपचार केन्द्र तापेथोक लगिएको थियो । उनको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ । सो स्थानमा पाथीभरा सर्भिस सेन्टरले पुल निर्माणको जिम...
शिक्षा विकास तथा समन्वय इकाई अगाडि शिक्षकहरूको धर्ना

शिक्षा विकास तथा समन्वय इकाई अगाडि शिक्षकहरूको धर्ना

विराटनगर । देशभरीका शिक्षकहरूले शिक्षा विकास तथा समन्वय इकाईको कार्यालयमा धर्ना दिएका छन् । नेपाल शिक्षक महासङ्घ राष्ट्रिय समितिको आह्वानमा शिक्षकहरूले आज बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म धर्ना दिएका हुन् । नेपाल शिक्षक महासङ्घ मोरङका अध्यक्ष कुमार पोखरेलको नेतृत्वमा शिक्षा विकास तथा समन्वय इकाई मोरङमा पनि शिक्षकहरूले धर्ना दिएका छन् । कार्यक्रममा मोरङका १७ वटै पालिकाबाट शिक्षक नेतृत्व तथा शिक...
मनै लोभ्याउने सिधुवा बजार (फोटो फिचर)

मनै लोभ्याउने सिधुवा बजार (फोटो फिचर)

धनकुटा । धनकुटाको छथर जोरपाटी गाउँपालिका-६ स्थित सिधुवा बजार पर्यटकीय स्थलको रूपमा परिचित छ । पछिल्लो समय यस क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटकको संख्या बढिरहेको छ । समुन्दी सतहबाट २ हजार ७ सय मिटरको उचाइमा रहेको यस स्थानबाट विभिन्न हिमालहरूको अवलोकन समेत गर्न सकिन्छ । सिधुवा बजारदेखि माथि रहेको पटेक डाँडालाई प्रवर्द्धन गर्नका लागि विभिन्न पूर्वाधारहरू निर्माण भइरहेका छन् । सिधुवा बजार पदमार...
सुनसरीबाट लागूऔषधसहित एक जना पक्राउ

सुनसरीबाट लागूऔषधसहित एक जना पक्राउ

सुनसरी । सुनसरीको इनरुवा नगरपालिका-४ बसपार्कबाट लागूऔषध ब्राउन सुगरसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा मोरङको बेलबारी नगरपालिका-४ का ४० वर्षीय इन्द्रबहादुर गुरुङ छन् । सुनसरीका प्रहरी प्रवक्ता डीएसपी योगराज खतिवडाका अनुसार उनको साथबाट १६ ग्राम तीन सय ५० मिलिग्राम ब्राउन सुगर बरामद भएको छ । विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले लौकहीबाट झुम्कातर्फ आउँदै गरेको बा ४६ प ८४०२ नम्बरको ...
भूमिहीन समस्या समाधानमा सहयोग गर्न एमाले धनकुटाको निर्देशन

भूमिहीन समस्या समाधानमा सहयोग गर्न एमाले धनकुटाको निर्देशन

धनकुटा । नेकपा एमाले धनकुटा जिल्ला कमिटीले भूमिहीन दलित, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको समस्या समाधानमा गम्भीरतापूर्वक लाग्न पालिका कमिटीहरूलाई निर्देशन दिएको छ । धनकुटाका सात वटै पालिका कमिटी अध्यक्षलाई पत्र पठाउँदै जिल्ला कमिटीले यस्तो निर्देशन दिएको हो । जिल्ला कमिटी अध्यक्ष शिव आङ्लाले जारी गरेको पत्रमा पालिका कमिटी, निर्वाचित जनप्रतिनिधि, पार्टी सदस्य, शुभेच्छुक तथा समर्थकलाई भूमि समस...
धनकुटा क्याम्पस क्षेत्रमा पुरुष मृत फेला

धनकुटा क्याम्पस क्षेत्रमा पुरुष मृत फेला

धनकुटा । धनकुटा बहुमुखी क्याम्पसमा एक पुरुषको शव फेला परेको छ । आज बिहान करिब ६ः३० बजे धनकुटा नगरपालिका-६ का ४२ वर्षीय रामबहादुर भुजेलको शव फेला परेको हो । धनकुटा प्रहरीका अनुसार क्याम्पसको शिक्षक आवास नजिकै रहेको भोगटेको बोटमा झुण्डिएको अवस्थामा भुजेलको शव फेला परेको छ । क्याम्पसका शिक्षकले भुजेल झुण्डिएको अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए । उनी बिहानै घरबाट घाँस काट्न जान्छु भनेर हिँड...
बुढीगंगामा वडास्तरबाट ३२ फुटबल खेलाडी छनोट, निरन्तर अभ्यास गराइने

बुढीगंगामा वडास्तरबाट ३२ फुटबल खेलाडी छनोट, निरन्तर अभ्यास गराइने

विराटनगर । मोरङको बुढीगंगा गाउँपालिकामा अन्तर वडास्तरीय फुटबल प्रतियोगिताका माध्यमबाट ३२ जना फुटबल खेलाडी छनोट गरिएको छ । गत असार १३ गतेदेखि २१ गतेसम्म भएको प्रतियोगिताबाट खेलाडी छनोट गरिएको हो । बुढीगंगा गाउँ युवा परिषद्को आयोजनामा ‘तीन युग तीन नेतृत्व, विगत र वर्तमान स्थानीय नेतृत्वको सम्मान’ भन्ने नाराका साथ ८ वटा फुटबल टीम निर्माण गरेर प्रतियोगिता सञ्चालन गरिएको थियो । दुई सय खेलाडी सहभागि...
प्रगतिशील लेखक संघ धनकुटाको अध्यक्षमा धुव्र एलेक्स चयन

प्रगतिशील लेखक संघ धनकुटाको अध्यक्षमा धुव्र एलेक्स चयन

धनकुटा । प्रगतिशिल लेखक संघ (प्रलेस) धनकुटाको अध्यक्षमा ध्रुव एलेक्स पौडेल चयन भएका छन । शुक्रबार भएको चौथो जिल्ला अधिवेशनबाट धुव्र अध्यक्षमा चयन भएका हुन् । यस्तै उपाध्यक्षमा ईश्वर थापा, सचिवमा सन्तोष सुवेदी, कोषध्यक्षमा रेणु पौड्याल चयन भएका छन् । त्यसैगरी सदस्यमा राधिका दाहाल, तारा काफ्ले, सन्दिप चेम्जोङ चयन भएका छन् । अन्य चार जना भने कार्यसमितिले मनोनयन गर्ने छ । नव निर्वाचित पदाधिकारी तथ...
सुनसरीको बर्जुमा धान खेतबाट ७५ किलो गाँजा बरामद

सुनसरीको बर्जुमा धान खेतबाट ७५ किलो गाँजा बरामद

विराटनगर । सुनसरीको बर्जु गाउँपालिका-४ स्थित धान खेतबाट प्रहरीले गाँजा बरामद गरेको छ । शुक्रबार साँझ गोप्य सूचनाका आधारमा खटिएको प्रहरी टोलीले दुई वटा बोरामा पोको पारेर राखेको अवस्थामा गाँजा बरामद गरेको हो । सुनसरीका प्रहरी प्रवक्ता डीएसपी योगराज खतिवडाका अनुसार पानीमा भिजेको अवस्थामा ७५ किलो गाँजा बरामद भएको छ । बरामद भएको गाँजा इलाका प्रहरी कार्यालय दुहबीमा राखिएको छ । इलाका प्रहरी कार्यालय ...
ताप्लेजुङमा ड्युटीमा रहेका प्रहरी सहायक निरीक्षकको मृत्यु 

ताप्लेजुङमा ड्युटीमा रहेका प्रहरी सहायक निरीक्षकको मृत्यु 

विराटनगर । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङमा कार्यरत प्रहरी सहायक निरीक्षक (असई) इन्द्र भुजेलको मृत्यु भएको छ । झापाको धुलाबारी घर भई ताप्लेजुङमा कार्यरत ४५ वर्षीय भुजेलको आज मृत्यु भएको हो । ड्युटी जाने क्रममा कार्यालय परिसरबाट बाहिर निस्कँदै गर्दा अचानक बेहोस भई भुइँमा लडेका थिए । तत्कालकै जिल्ला अस्पताल ताप्लेजुङ पुर्‍याउनासाथ चिकित्सकले मृत घोषित गरेको प्रहरीले जनाएको छ । प्रहरीले ड्युटीक...
विराटनगर र सुन्दरहरैँचामा दुई जना मृत फेला

विराटनगर र सुन्दरहरैँचामा दुई जना मृत फेला

विराटनगर । विराटनगर र सुन्दरहरैँचामा एक/एक जना मृत फेला परेका छन् । आज बिहान विराटनगर-४ राजवंशी चोर र सुन्दरहरैँचा नगरपालिका-१२ मा दुई जना मृत फेला परेका हुन् । मोरङ प्रहरीका प्रवक्ता डीएसपी कोपिला चुडालका अनुसार विराटनगर-४ का १६ वर्षीय मुकेश राजवंशीको आफ्नै काकाको घर पछाडि झुण्डिएको अवस्थामा शव फेला परेको छ । यस्तै सुन्दरहरैँचामा आफ्नै कोठामा झुण्डिएको अवस्थामा १७ वर्षीया करिश्मा मंग्रातीको श...
error: Content is protected !!