संगालोखबर
फाइल तस्बिर

विराटनगर । कोशी प्रदेश सरकारमा सहभागी हुन लागेको नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले मन्त्री छान्नका लागि छलफल अघि बढाएको छ । कोशी प्रदेश सरकारमा नेकपाले ४ वटा मन्त्रालय पाएको छ ।

मन्त्रीहरूको नाम टुंगो लगाउन अहिले नेकपाका प्रदेश इन्चार्ज राजेन्द्र राई, संसदीय दलका नेता इन्द्र बहादुर आङ्बो र प्रदेश संयोजक हर्क नेम्बाङ (मिक्सो) लगायतका नेता छलफलमा छन् ।

नयाँ मन्त्रीहरूलाई आज दिउँसो ३ बजे सपथ ग्रहण गराउने तयारी छ । पार्टीका नेताहरू बीचको छलफल सकिएपछि मन्त्रालयको अन्तिम कार्यविभाजनका लागि मुख्यमन्त्री हिक्मत कुमार कार्कीसँग बैठक बस्ने तयारी छ ।

नौ मन्त्रालय रहेको कोशीमा मुख्यमन्त्रीसहित पाँच मन्त्रालयको नेतृत्व एमालेले गर्ने छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!