जीवन विकास लघुवित्तको सञ्चालक सदस्यमा खतिवडा र सिटौला निर्विरोध
विराटनगर । जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको सञ्चालक सदस्यमा गोकर्ण खतिवडा र अशोक सिटौला निर्विरोध निर्वाचित भएका छन् ।
मोरङको कटहरी गाउँपालिका–२ स्थित संस्थाको केन्द्रीय कार्यालयमा आज सम्पन्न संस्थाको सातौँ वार्षिक साधारणसभाले सर्वसाधारण सेयर सदस्य समूहबाट खतिवडा र सिटौलालाई आगामी चार वर्षका लागि पुनः सञ्चालक सदस्यमा निर्विरोध निर्वाचित गरेको हो ।
संस्थाको निर्वाचन प्रकृयामा दुवै प...































