विराटनगरमा अचेत अवस्थामा भेटिएका पुरुषको मृत्यु

विराटनगरमा अचेत अवस्थामा भेटिएका पुरुषको मृत्यु

विराटनगर । विराटनगर महानगरपालिका-१४ स्थित कोशी लोकमार्गको सडक किनारमा अचेत अवस्थामा फेला परेका पुरुषको मृत्य भएको छ । आज दिउँसो ४ बजेतिर सडक किनारमा अचेत भेटिएका पुरुषलाई उपचारका लागि कोशी अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका हुन् । अन्दाजी ४०-४५ वर्षका देखिने मृतकको पहिचान खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ । उनको पहिचान खुलाउने प्रयास भइरहेको मोरङ प्रहरीले जनाएको छ ।
सरकारविरुद्ध मोरङका सुकुम्वासी आन्दोलित, डोजर आतंक बन्द गर्न माग

सरकारविरुद्ध मोरङका सुकुम्वासी आन्दोलित, डोजर आतंक बन्द गर्न माग

विराटनगर । सरकारले सुकुम्वासी बस्तीहरूमा विना विकल्प डोजर चलाइएको भन्दै मोरङका भूमिहीन सुकुम्वासीहरू आन्दोलित भएका छन् । आज मोरङका भूमिहीन सुकुम्वासीहरूले विराटनगरमा प्रदर्शन गरेका हुन् । संयुक्त संघर्ष समिति मोरङले प्रदर्शनसँगै जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ । समिति संयोजक निशा किरण राई नेतृत्वको टोलीले काठमाडौंको सुकुम्वासी बस्तीमा भएको बल प्रयोगलाई ‘अमानव...
विराटनगरको एभरेष्ट कलेजमा विद्यार्थीको आकर्षण, ६ सयले दिए प्रवेश परीक्षा

विराटनगरको एभरेष्ट कलेजमा विद्यार्थीको आकर्षण, ६ सयले दिए प्रवेश परीक्षा

विराटनगर । विराटनगर-५ स्थित एभरेष्ट कलेजमा कक्षा ११ मा भर्ना हुनका लागि करिब ६ सय जना विद्यार्थीले प्रवेश परीक्षा दिएका छन् । एसईई उत्तिर्ण विद्यार्थीहरूले आज बिहान ११ बजेदेखि परीक्षा दिएका हुन् । कलेजका भाइस प्रिन्सिपल टीएन भण्डारीका अनुसार ५ सय ७६ जना विद्यार्थी प्रवेश परीक्षामा सामेल भएका छन् । प्रवेश परीक्षा ११ मा विज्ञान तथा व्यवस्थापन संकायको अध्ययनका लागि रहेको उनले बताए । एभरेष्ट कलेजम...
धनकुटामा टाटा विंगर गाडी दुर्घटना हुँदा एक महिलाको मृत्यु, दुई जना घाइते

धनकुटामा टाटा विंगर गाडी दुर्घटना हुँदा एक महिलाको मृत्यु, दुई जना घाइते

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिका-४ डिहीटारस्थित तमोर करिडोर सडकमा टाटा विंगर गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा चालकसहित दुई जना घाइते भएका छन् । इटहरीबाट पाँचथरतर्फ जाँदै गरेको प्रदेश १-०१-००१ ज ३९४९ नम्बरको टाटा विंगर गाडी आज बिहान करिब ९ः३० बजे अनियन्त्रित भएर सडकमा पल्टिएको हो । दुर्घटनामा परी मोरङको सुन्दरहरैँचा नगरपालिका-६ की ४० वर्षीया सवित्रा ढुंगेलको घटनास्थलमै...
विराटनगरमा मेगा इण्डियन एजुकेशन एक्स्पाे

विराटनगरमा मेगा इण्डियन एजुकेशन एक्स्पाे

विराटनगर । भारतका उच्च शिक्षा प्रदायक शैक्षिक संस्थाहरूबारे एकै छानामुनि जानकारी गराउने उद्देश्यले विराटनगरमा ‘मेगा इण्डियन एजुकेशन एक्स्पो’ (शैक्षिक मेला) आयोजना गरिएको छ । इन्डो ग्लोबल फाउण्डेशन काठमाडाैंको आयोजना तथा विराटनगरस्थित कृष्णा एजुकेशन फाउण्डेशनको सहयोगमा शैक्षिक मेला आयोजना गरिएको हो । विराटनगरको सिटी प्यालेसमा सञ्चालित उक्त एक्स्पोमा भारतका १५ भन्दा बढी प्रतिष्ठित विश्वविद्यालय ...
धनकुटा-पाँचथर सडक खण्डमा मिनीबस दुर्घटना 

धनकुटा-पाँचथर सडक खण्डमा मिनीबस दुर्घटना 

विराटनगर । तमोर करिडोर अन्तर्गत धनकुटा-पाँचथर सडक खण्डमा मिनीबस दुर्घटना भएको छ । धरानबाट फिदिमतर्फ जाँदै गरेको मिनिबस दुर्घट्ना हुँदा तीनजना घाइते भएका छन् । प्रहरीका अनुसार प्रदेश १-०१-००१ ज ३९४९ नम्बरको मिनीबस  आज बिहान करिब ९ः३० बजे दुर्घटनामा परेको हो । दुर्घटनामा चालक पाँचथरको फाल्गुनन्द गाउँपालिका-१ का २८ वर्षीय तेजबहादुर चेम्जोङ गम्भीर घाइते भएका छन् । उनलाई उपचारका लागि पठाइएको प्रहरी...
पाँचथरमा चार वर्षीय बालकलाई कुटपिट गर्ने शिक्षिका पक्राउ 

पाँचथरमा चार वर्षीय बालकलाई कुटपिट गर्ने शिक्षिका पक्राउ 

विराटनगर । पाँचथरमा अंक र अक्षर लेख्न नसकेको निहुँमा चार वर्षीय बालकलाई निर्घात कुटपिट गर्ने शिक्षिकालाई प्रहरीले पक्राउ गरेको छ । फिदिम नगरपालिका-१४ स्थित न्यु लुङरुपा बोर्डिङ एकेडेमीमा कार्यरत शिक्षिका सुमित्रा सेन्दाङलाई प्रहरीले पक्राउ गरेको हो । वैशाख ३० गते बुधबार एलकेजीमा अध्ययनरत छात्र सेसेफुङ नेम्वाङलाई शिक्षिका सेन्दाङले लेख्न नजानेको भन्दै कुटपिट गर्दा बालकको ढाडभरि नीलडाम र चोट छ । ...
विराटनगरको अर्किड कलेजमा ११ सय विद्यार्थीले दिए प्रवेश परीक्षा

विराटनगरको अर्किड कलेजमा ११ सय विद्यार्थीले दिए प्रवेश परीक्षा

विराटनगर । विराटनगर-१० मा अवस्थित अर्किड कलेजले आज कक्षा ११ मा भर्ना हुने विद्यार्थीहरूको प्रवेश परीक्षा लिएको छ । विज्ञान, व्यवस्थापन, कम्प्युटर साइन्स र होटल म्यानेजमेन्ट पढाइ हुँदै आएको अर्किडमा भर्ना हुनका लागि ११ सय बढी विद्यार्थीले प्रवेश परीक्षा दिएका हुन् । २०५६ सालमा स्थापना भएको अर्किडमा सबै संकायमा गरेर हाल ९५० बढी विद्यार्थीहरू भर्ना गरिँदै आएको छ । किताबी ज्ञानमात्रै नभएर कलेजले वि...
विराटनगरको कान्तिपुर कलेजले लियो कक्षा ११ मा भर्ना हुने विद्यार्थीको प्रवेश परीक्षा

विराटनगरको कान्तिपुर कलेजले लियो कक्षा ११ मा भर्ना हुने विद्यार्थीको प्रवेश परीक्षा

विराटनगर । विराटनगर-१० मा अवस्थित कान्तिपुर माध्यमिक विद्यालयले कक्षा ११ मा भर्ना हुने विद्यार्थीहरूको प्रवेश परीक्षा लिएको छ । कलेजले आज लिएको प्रवेश परीक्षामा कोशी प्रदेशसहित मधेश प्रदेशका विभिन्न स्थानबाट आएका विद्यार्थीहरू उत्साहका साथ सहभागि भएका हुन् । विराटनगरकै अब्बल शैक्षिक संस्थाकारूपमा स्थापित भइसकेको कान्तिपुर कलेजले लिएको प्रवेश परीक्षामा विद्यार्थीहरूको उल्लेख्य सहभागिता रहेको थिय...
एसईई उत्रिर्ण विद्यार्थीलाई एभरेष्टले गर्यो अभिनन्दन

एसईई उत्रिर्ण विद्यार्थीलाई एभरेष्टले गर्यो अभिनन्दन

विराटनगर । विराटनगरको एभरेष्ट सेकेन्डरी स्कुलले एसईई उत्रिर्ण विद्यार्थीहरूलाई आज अभिनन्दन गरेर बधाई तथा शुभकामना व्यक्त गरेको छ । स्कुलले कार्यक्रम आयोजना गरेर विद्यार्थीसहित उनीहरूका अभिभावकलाई पनि अभिनन्दन गरेको हो । कार्यक्रममा शिक्षा विकास तथा समन्वय इकाई मोरङका प्रमुख शालिग्राम दाहाल र विद्यालयका प्रिन्सिपल टिकाराम पुरीले अभिभावकलाई खादा र विद्यार्थीलाई खादासहित सम्मानपत्र प्रदान गरेर अभि...
अरनिकोमा प्रवेश परीक्षा दिनेको अत्यधिक भीड, सडक जाम भएपछि प्रहरी परिचालन

अरनिकोमा प्रवेश परीक्षा दिनेको अत्यधिक भीड, सडक जाम भएपछि प्रहरी परिचालन

विराटनगर । विराटनगरस्थित अरनिको कलेजमा कक्षा ११ को प्रवेश परीक्षा दिन आउनेको अत्यधिक भीड भएपछि नियन्त्रण र व्यवस्थापन गर्न प्रहरी नै परिचालन गर्नुपरेको छ । विद्यार्थीको प्रमुख रोजाइमा पर्ने गरेको अरनिकोमा प्रवेश परीक्षा दिन आउनेको भीडले कलेज आसपास क्षेत्रको सडक जाम भएको हो । अरनिको कलेज विज्ञान शिक्षामा मुलुककै अब्बल संस्थाका रूपमा चिनिन्छ । एसईईको नतिजा सार्वजनिक भएपछि कक्षा ११ को भर्ना खुला ग...
विराटनगर विमानस्थलबाट प्रादेशिक, माउन्टेन र भारतमा हवाइ उडान गर्न मन्त्री पराजुलीको माग

विराटनगर विमानस्थलबाट प्रादेशिक, माउन्टेन र भारतमा हवाइ उडान गर्न मन्त्री पराजुलीको माग

विराटनगर । कोशी प्रदेशका पर्यटन, वन तथा वातावरण मन्त्री भीम पराजुलीले कोशी प्रदेशको समग्र पर्यटन प्रवर्द्धनका लागि विराटनगरबाट प्रादेशिक, माउन्टेन र भारतका विभिन्न स्थानहरूमा सिधा हवाइ उडान गर्नुपर्ने माग राखेका छन् । अन्तर्राष्ट्रिय सगरमाथा दिवस मूल समारोह समितिको काठमाडौंमा बसेको बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलसमक्ष मन्त्री पराजुलीले यस्तो माग राखेका हुन् । संस्क...
राष्ट्रिय युवा संघद्वारा धनकुटा अस्पतालका बिरामीलाई फलफूल वितरण

राष्ट्रिय युवा संघद्वारा धनकुटा अस्पतालका बिरामीलाई फलफूल वितरण

धनकुटा । नेकपा एमाले निकट राष्ट्रिय युवा संघले शुक्रवार धनकुटा जिल्ला अस्पतालका बिरामीहरूलाई फलफूल वितरण गरेको छ । संगठनको ३७ औं स्थापना दिवसको अवसरमा राष्ट्रिय युवा संघ धनकुटाले बिरामीहरूलाई फलफूल वितरण गरेको हो । अस्पतालको इमर्जेन्सी र वार्डमा रहेका करिब ४५ जना बिरामीलाई फलफूल वितरण गरिएको राष्ट्रिय युवा संघका जिल्ला अध्यक्ष देवी राईले जानकारी दिए । सो अवसरमा नेकपा एमाले धनकुटाका अध्यक्ष शिव...
तेह्रथुमको लालीगुराँस नगरमा आज बाँदर धपाउने अभियान, नगरभर सार्वजनिक बिदा

तेह्रथुमको लालीगुराँस नगरमा आज बाँदर धपाउने अभियान, नगरभर सार्वजनिक बिदा

विराटनगर । तेह्रथुमको लालीगुराँस नगरपालिकामा आज सार्वजनिक बिदा दिएर बाँदर खेदिदैछ । किसानले मेहनत गरेर उब्जाएको बाली खाएर बाँदरले हैरान पारेपछि नगरपालिकाले बाँदर धपाउने अभियानका लागि सार्वजनिक बिदा नै दिएको हो । बाँदर खेदेर लालीगुराँस नगरपालिकाको सीमा कटाउन पालिकाले सबै वडाहरूमा आज र भोलि दुई दिन अभियान चलाउँदैछ । जसका लागि ठूलो संख्यामा जनपरिचालन गर्नुपर्ने भएकाले बिदा दिइएको नगद प्रमुख अर्जुन...
विराटनगरको अचिभर्स कन्सल्टिङले पाँच जना विद्यार्थीलाई निःशुल्क पढाइदिने

विराटनगरको अचिभर्स कन्सल्टिङले पाँच जना विद्यार्थीलाई निःशुल्क पढाइदिने

विराटनगर । उच्च शिक्षा सम्बन्धी शैक्षिक परामर्श सेवा प्रदान गर्दै आएको विराटनगरस्थित अचिभर्स कन्सल्टिङ सर्भिसेसले पाँच जना विद्यार्थीलाई निःशुल्क पढाइदिने भएको छ । पढाई राम्रो भएका, गरिब, जेहनदार र अपाङ्गता भएका विद्यार्थीलाई अचिभर्स आफैले खर्च व्यहोरेर कक्षा ११ र १२ निःशुल्क पढाइदिन लागेको हो । समाजप्रतिको सामाजिक उत्तरदायित्व पुरा गर्न पाँच जना विद्यार्थीहरूलाई विराटनगरको प्रतिष्ठित कलेजमा नि...
विराटनगरमा बीमा प्राधिकरणको वार्षिकोत्सवमा रक्तदान र स्वास्थ्य शिविर

विराटनगरमा बीमा प्राधिकरणको वार्षिकोत्सवमा रक्तदान र स्वास्थ्य शिविर

विराटनगर । नेपाल बीमा प्राधिकरणको ५८ औँ वार्षिकोत्सवको अवसरमा आज विराटनगरमा रक्तदान र निःशुल्क स्वास्थ्य शिविर आयोजना गरिएको छ । नेपाल रेडक्रस सोसाइटी, हिमाल आँखा अस्पताल र शान्ति फार्मेसी तथा दन्त क्लिनिकसँग सहकार्य गरेर बीमा प्राधिकरण कोशी प्रदेश कार्यालय विराटनगरले कार्यक्रम आयोजना गरेको हो । सो क्रममा ६५ जनाले रक्तदान गरेका छन् । त्यस्तै, स्वास्थ्य शिविरमा १०९ जनाको आँखा परीक्षण र ४३ जनाको...
वर्षाका कारण खेल रोकिँदा क्रिकेट युनाइटेड कप सिरिज बराबरीमा

वर्षाका कारण खेल रोकिँदा क्रिकेट युनाइटेड कप सिरिज बराबरीमा

विराटनगर । नेपाल क्रिकेट फाउण्डेसन को आयोजनामा विराटनगर–६ स्थित मेरिलेबोन ज्वाला क्रिकेट मैदान मा सञ्चालन भएको क्रिकेट युनाइटेड कप–२०२६ सिरिज बराबरीमा सकिएको छ । बुधबार बिहान परेको वर्षाका कारण मैदानमा पानी जम्दा सिरिज अन्तर्गत बागमती प्रदेश र इक्वालिटी कप–११ बीचको तेस्रो खेल रद्द भएको हो । खेल रद्द भएसँगै तीन खेलको सिरिज १–१ को बराबरीमा टुंगिएको आयोजकले जनाएको छ । सिरिजको पहिलो खेलमा इक्वालिट...
विराटनगरको एभरेष्ट कलेजमा जेठ ४ गते प्रवेश परीक्षा

विराटनगरको एभरेष्ट कलेजमा जेठ ४ गते प्रवेश परीक्षा

विराटनगर । एभरेष्ट कलेज विराटनगरले जेठ ४ गते कक्षा ११ को प्रवेश परीक्षा लिने भएको छ । एसईईको नतिजा सार्वजनिक भएपछि कक्षा ११ मा भर्ना खुला गरेको एभरेष्टले प्रवेश परीक्षाको मिति पनि तोकेको हो । जेठ ४ गते बिहान ११ बजेदेखि प्रवेश परीक्षा लिने तय भएको कलेजका भाइस प्रिन्सिपल टीएन भण्डारीले बताए । सीमित सिटमा अध्यापन गराउने एभरेष्ट कलेजले विज्ञान र व्यवस्थापन संकायमा गरी २ सय १० जना भर्ना गर्नेछ । विज...
नोबेलमा १० बर्षभन्दा बढी समय काम गर्ने ४५ जना नर्सहरु सम्मानित

नोबेलमा १० बर्षभन्दा बढी समय काम गर्ने ४५ जना नर्सहरु सम्मानित

विराटनगर । विराटनगरस्थित नोवेल शिक्षण अस्पतालले १० वर्षभन्दा बढी समय काम गर्ने नर्सहरूलाई सम्मान गरेको छ । अन्तर्राष्ट्रिय नर्स दिवसको अवसरमा कार्यक्रम आयोजना गरेर नोबेलमा लामो समयदेखि कार्यरत ४५ जना नर्सहरूलाई सम्मान गरिएको हो । अस्पतालको सघन उपचार कक्ष, अपरेशन थ्रिएटर, आकस्मिक कक्ष लगायत विभिन्न विभागमा कार्यरत नर्सहरू सम्मानित भएका छन् । गुणस्तरीय तथा प्रभावकारी स्वास्थ्य सेवा प्रवाहमा लामो ...
धनकुटाका करवीरले ६६ वर्षको उमेरमा पास गरे एसईई

धनकुटाका करवीरले ६६ वर्षको उमेरमा पास गरे एसईई

धनकुटा । धनकुटाको मुगाका करवीर राईले ६६ वर्षको उमेरमा माध्यमिक शिक्षा परीक्षा (एसईई) उत्रिर्ण गरेका छन् । धरानको सगरमाथा डल्फिन कलेजबाट परीक्षा आवेदन फारम भरेका राईले वृद्ध अवस्थामा एसईई उत्तीर्ण गरेका हुन् । नाति नातिनीको उमेर समूहका विद्यार्थीसँगै परीक्षा दिएका करवीरको यो सफलताले शिक्षा हासिल गर्न उमेरले छेक्दैन भन्ने सन्देश पनि दिएको छ । २०४० सालमा एसएलसी परीक्षा दिएको भएपनि तीन विषय लागेर फ...
मोरङको लेटाङमा बनाइयो पाँच धर्मावलम्बीको साझा धार्मिक शान्ति पार्क

मोरङको लेटाङमा बनाइयो पाँच धर्मावलम्बीको साझा धार्मिक शान्ति पार्क

लेटाङ । मोरङको लेटाङमा पाँच प्रकारका धर्मको साझा अपनत्व झल्कने गरी धार्मिक शान्ति पार्क बनाइएको छ । धार्मिक सहिष्णुता, आपसी सम्मान र सामाजिक एकता प्रवर्द्धन गर्न हिन्दु, बौद्ध, किराँत, इसाई र इस्लाम धर्मलाई समेटेर पार्क निर्माण गरिएको हो । धार्मिक सहअस्तित्वको नमूना स्थलका रूपमा हेरिएको यो पार्कभित्र विभिन्न धर्मका प्रतीक तथा संरचनाहरू राखिएको छ । पार्क परिसरमा मदिरा सेवन, धूम्रपान, राजनीतिक गत...
धनकुटाको ओम साई इलेक्ट्रोनिक्सले ५० जना ग्राहकलाई उपहार दिने, भाग्यशालीले ५० हजार पाउने

धनकुटाको ओम साई इलेक्ट्रोनिक्सले ५० जना ग्राहकलाई उपहार दिने, भाग्यशालीले ५० हजार पाउने

धनकुटा । धनकुटाको हुलाकटोलस्थित ओम साई इलेक्ट्रोनिक्सले ५० जना ग्राहकलाई गोलाप्रथाबाट उपहार प्रदान गर्ने भएको छ । जसमध्ये भाग्यशाली एक जना ग्राहकले ५० हजार नगद पुरस्कार पाउने भएका छन् । २०८२ मंसिरदेखि यही वैशाख ३० गतेसम्म सामान खरिद गर्ने ५० जना ग्राहकहरूलाई ‘लक्कीड्र’ मार्फत पुरस्कृत गर्न लागिएको ओम साई इलेक्ट्रोनिक्सका सञ्चालक रिदम श्रेष्ठले जानकारी दिए । ‘१० रुपैयाँ भन्दा वढी मूल्यको जुनसुकै...
विराटनगरको एभरेस्ट स्कुलमा मतदानमार्फत छानियो विद्यार्थी नेतृत्व

विराटनगरको एभरेस्ट स्कुलमा मतदानमार्फत छानियो विद्यार्थी नेतृत्व

विराटनगर । विराटनगर-५ स्थित एभरेस्ट सेकेन्डरी स्कुलले मतदानमार्फत शैक्षिक सत्र २०८३ का लागि विद्यार्थीहरूको प्रमुख (प्रिफेक्ट) तथा उप-प्रमुख (डेपुटी प्रिफेक्ट) चयन गरेको छ । विद्यालयले लोकतान्त्रिक अभ्यासको प्रत्यक्ष अनुभव गराउने उद्देश्यले मतदानमार्फत विद्यार्थीहरूको प्रमुख तथा उप-प्रमुख चयन गरेको हो । निर्वाचनमा पूर्ण रूपमा व्यवस्थित मतदान केन्द्र र गोप्य मतदानको व्यवस्थाबीच विद्यार्थीहरूले छ...
धनकुटामा सिक्री लुट्नेहरू पेसेवर लुटेरा, साथमा भेटियो औँठीदेखि तिलहरीसम्म

धनकुटामा सिक्री लुट्नेहरू पेसेवर लुटेरा, साथमा भेटियो औँठीदेखि तिलहरीसम्म

धनकुटा । धनकुटा बजारबाट सुनको सिक्री लुट्ने सिन्धुलीका तीन जना युवाहरू पेसेवर लुटेरा रहेको पत्ता लागेको छ । धनकुटामा सिक्री लुटेको भोलिपल्ट धरानमा पक्राउ परेका उनीहरूको साथमा लुटिएको सिक्री मात्र नभई अरु पनि धेरै गहनाहरू फेला परेपछि उनीहरु पेसेवर लुटेरा रहेको पत्ता लागेको हो । गत शुक्रवार धनकुटाको सहिदभूमि-१ की ४० वर्षीय विष्णुकुमारी राई धनकुटा बजारमा लुटिएकी थिइन् । उनलाई प्रलोभनमा पारी १ तोला...
आन्तरिक मामिला मन्त्री पराजुलीद्वारा जिल्ला प्रहरी कार्यालय धनकुटाको निरीक्षण

आन्तरिक मामिला मन्त्री पराजुलीद्वारा जिल्ला प्रहरी कार्यालय धनकुटाको निरीक्षण

धनकुटा । कोशी प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री इन्द्रमणि पराजुलीले आज जिल्ला प्रहरी कार्यालय धनकुटाको निरीक्षण गरेका छन् । गृह जिल्ला धनुकटा पुगेका वेला मन्त्री पराजुलीले प्रहरी कार्यालय निरीक्षण गरी जिल्लाको सुरक्षा अवस्थाका बारेमा जानकारी लिएका हुन् । प्रदेशमा सुरक्षा निकाय हेर्ने जिम्मेवारी आन्तरिक मामिला मन्त्रालय अन्तर्गत पर्छ । आफ्नो मन्त्रालय मातहत रहेकाले मन्त्री पराजुलीले प्रह...
विराटनगर-१९ मा सुरु भयो मेयरकप फुटबल

विराटनगर-१९ मा सुरु भयो मेयरकप फुटबल

विराटनगर । विराटनगर महानगरपालिका वडा नं.१९ मा आइतवारबाट अन्तर वडास्तरीय मेयरकप फुटबल प्रतियोगिता सुरु भएको छ । स्थानीयस्तरवाटै राम्रा खेलाडी उत्पादन गर्ने लक्ष्यसहित विराटनगर वडा नं. १९ ले प्रतियोगिता आयोजना गरेको हो । प्रतियोगिता उद्घाटन गर्दै विराटनगरका मेयर नागेश कोइरालाले भौतिक पूर्वाधार विकाससँगै खेलकुद, शिक्षा र सामाजिक क्षेत्रको समग्र विकासमा महानगर केन्द्रित रहेको बताए । उनले खेलकुद युव...
धनकुटामा सुनको सिक्री लुटेर भागेका तीन जना धरानबाट पक्राउ

धनकुटामा सुनको सिक्री लुटेर भागेका तीन जना धरानबाट पक्राउ

धनकुटा । धनकुटा बजारमा दिउँसै सुनको सिक्री लुटेर भागेका तीन जनालाई प्रहरीले धरानबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुलीको दुधौली नगरपालिका ६ का ३० वर्षीय धनबहादुर तामाङ, सोही पालिकाको वडा नं.१२ का ३२ वर्षीय सन्तोष तामाङ र वडा नं. १० का ३८ वर्षीय राजु तामाङ छन् । उनीहरूलाई गएराती धरानको एक होटलबाट नियन्त्रणमा लिइएको धनकुटाका प्रहरी प्रमुख एसपी सरतकुमार थापा क्षेत्रीले जानकारी दिए । गत शुक्र...
झापामा जङ्गली च्याउ खाँदा ११ जना बिरामी

झापामा जङ्गली च्याउ खाँदा ११ जना बिरामी

झापा । झापामा जङ्गली च्याउ खाँदा एकै परिवारका ११ जना बिरामी परेका छन् । बाह्रदशी गाउँपालिका-२ बुट्टाबारीका तेजबहादुर खवासको परिवार बिरामी परेको हो । उनीहरूले आज बिहानको खानामा जङ्गली च्याउको परिकार बनाएर खाएका थिए । जङ्गलबाट ल्याएको च्याउ पकाएर खाएपछि परिवारका सबै सदस्यमा स्वास्थ्य समस्या देखिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । प्रहरीका अनुसार ५० वर्षीया कमलामाया खवास, ३१ वर्षीय डिल्ल...
सगरमाथा आरोहणमा जाने क्रममा लेक लागेर मृत्यु

सगरमाथा आरोहणमा जाने क्रममा लेक लागेर मृत्यु

सोलुखुम्बु । सगरमाथा आरोहणमा जाने क्रममा लेक लागेर एक आरोहीको मृत्यु भएको छ । सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका-७ का विजय घिमिरे विश्वकर्माको लेक लागेर मृत्यु भएको हो । सगरमाथाको पहिलो शिविर क्षेत्रमा पुगेका आरोही घिमिरे आज बिहान करिब ४ बजेतिर अचानक बिरामी परेका थिए । उनलाई तत्काल आधारशिविरमा ल्याउन लागिएको थियो । पहिलो शिविरबाट तल ल्याउने क्रममा उनको बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय...
विराटनगरमा पहिलो पाँचतारे होटल ‘लेमन ट्री प्रिमियर’ सञ्चालनमा

विराटनगरमा पहिलो पाँचतारे होटल ‘लेमन ट्री प्रिमियर’ सञ्चालनमा

विराटनगर । विराटनगरकै पहिलो पाँचतारे ‘लेमन ट्री प्रिमियर’ होटल सञ्चालनमा आएको छ ।  जुन नेपालमा लेमन ट्री होटल्स लिमिटेडको तेस्रो होटल हो । युवा उद्यमीहरू मनोजविक्रम शाह, कबिन श्रेष्ठ, विकास चौधरी र प्रशान्त तातेडको करिब दुई अर्ब रुपैयाँ लगानीमा विराटनगर-५ भृकुटी चोकमा होटल सञ्चालनमा आएको हो । यो होटलमा ८० वटा आधुनिक कोठा र सुइटहरूका साथै विभिन्न खानपान र सभा-सम्मेलनका सुविधाहरू रहेका छन् । विरा...
मोरङको रंगेलीमा मोटरसाइकलले ठक्कर दिँदा वृद्धाको मृत्यु

मोरङको रंगेलीमा मोटरसाइकलले ठक्कर दिँदा वृद्धाको मृत्यु

विराटनगर । मोरङको रंगेली नगरपालिका-४ चोप्रहामा मोटरसाइकलले ठक्कर दिँदा वृद्धाको मृत्यु भएको छ । शनिबार बेलुका चोप्रहास्थित गणेश माध्यमिक विद्यालय नजिकैको भित्री पक्की सडक खण्डमा मोटरसाइकलले ठक्कर दिँदा ७३ वर्षीया कलियादेवी मण्डलको मृत्यु भएको हो । चोप्रहाबाट रंगेलीतर्फ जाँदै गरेको प्र १-०४-००३ प ००२१ नम्बरको मोटरसाइकलले बाटो काट्दै गरेकी मण्डललाई ठक्कर दिएको थियो । ठक्करबाट मण्डलको दाहिने खुट्ट...
error: Content is protected !!