संगालोखबर
सांकेतिक तस्वीर

झापा । झापाको कचनकवल गाउँपालिका-१ स्थित चिया बगानमा खेत जोत्ने क्रममा ट्याक्टर पल्टिँदा ८ वर्षीय बालकको मृत्यु भएको छ । दुर्घटनामा ट्याक्टरमा सवार भारतको बिहार राज्य किसनगन्ज जिल्ला जोरबारी जियापोखेर-७ का ८ वर्षीय सिमोन सोरेनको मृत्यु भएको हो ।

खेत जोत्दै गरेको प्र १-०१-००१ त ८९९२ नम्बरको ट्याक्टरमा सवार सोरेन दुर्घटनापछि घाइते भएका थिए । घाइते सोरेनलाई आफन्तले उपचारका लागि भारततर्फ लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

उक्त खेत भद्रपुर नगरपालिका निवासी मोहन अग्रवालको रहेको र भारतका बाबुलाल मण्डीले जोत्दै आएको प्रहरीले जनाएको छ । ट्याक्टरका साहु भारतको बिहार राज्य किसनगन्ज जिल्ला गिलाबारीका अजय भट्टिया रहेको खुलेको छ ।

ट्याक्टर चालक भारतीय नागरिक रहेको र उनको नामथर तथा ठेगाना खुल्न बाँकी रहेको प्रहरीको भनाइ छ । प्रहरीका अनुसार दुर्घटनापछि फरार भएका चालकको खोजी भइरहेको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!