झापामा मृत भेटियो जंगली हात्ती
विराटनगर । झापामा जंगली हात्ती मृत भेटिएको छ । मेचीनगर नगरपालिका-१ देवीगञ्जमा आज बिहान एउटा वयस्क जंगली हात्ती मृत फेला परेको हो ।
स्थानीयले धान खेतमा मृतावस्थामा हात्ती देखेपछि वन कार्यालयलाई खबर गरेको थिए । डिभिजन वन कार्यालय झापाका अनुसार पोथी हात्ती मृत फेला परेको हो ।
पोष्टमार्टमपछि हात्तीको मृत्युको कारण खुल्ने कार्यालयले जनाएको छ । शुक्रबार बेलुका सो क्षेत्रमा भारततर्फबाट करिब १२ वटा जं...



























