भीमनारायण गोल्डकपमा आज आयोजक र सहलेश फुटबल क्लब भिड्दै
धनकुटा । धनकुटामा जारी १८ औं संस्करण सहिद भीमनारायण गोल्डकप फुटबल प्रतियोगितामा आज आयोजक टोली र सहलेश फुटबल क्लब सिरहाबीच भिडन्त हुँदैछ । आज दिउँसो तल्लो टुँडिखेलमा हुने खेलमा दुबै टोली जितको खोजीमा मैदानमा उत्रने छन् ।
बुधबार भएको खेलमा सातदोबाटो युथ क्लब ललितपुरलाई ०-१ गोल अन्तरले हराउँदै बेलबारी फुटबल क्लब मोरङ विजयी भएको छ । जेठ १६ गतेसम्म चल्ने प्रतियोगिताको विजेता टोलीले ६ लाख र उपविजेता ...































