विराटनगरसहित मोरङका १० स्थानमा यात्रु सहायता कक्ष स्थापना
विराटनगर । विराटनगरसहित मोरङका १० स्थानमा यात्रु सहायता कक्ष स्थापना गरिएको छ । चाडपर्वमा यात्रुहरूको सहज आवागमन सुनिश्चित गर्न सहायता कक्ष सञ्चालनमा ल्याइएको हो ।
मोरङका ट्राफिक प्रमुख राजन लम्सालका अनुसार विराटनगर बसपार्क, रानी, हाटखोला बसपार्क, लेटाङ बसपार्कसहित जिल्लाका १० स्थानमा सहायता कक्ष स्थापना गरिएको छ ।
यात्रु सहायता कक्ष छठसम्म सञ्चालन हुने र यसबाट यात्रुहरूलाई सहज हुने लम्सालले ब...































