संगालोखबर


विराटनगर । सुनसरीको देवानगन्ज गाउँपालिका-३ कप्तान्गन्जमा दुई समूहबीच भएको हिंसात्मक घटनामा गोली लागेर घाइते भएका २२ वर्षीय रविन्द्र मेहताको उपचारकै क्रममा मृत्यु भयो ।

उनको मृत्यु भएको एक हप्ता भइसकेपनि अझै शव अस्पतालमै छ । उनको साउन १९ गते उपचारका क्रममा त्रिवि शिक्षण अस्पताल काठमाडौंमा मृत्यु भएको थियो ।

सरकार र मृतकका परिवारबीच सहमति जुट्न नसक्दा शवको पोस्टमार्टम समेत भएको छैन । पीडित पक्षले शव परीक्षणअघि नै सहिद घोषणा गर्नुपर्ने अडान राखेका छन् । सहिद घोषणा गर्न निश्चित कार्यविधि पूरा गर्नुपर्ने भएकाले सहमति हुन नसकेको गृहमन्त्री सुधन गुरुङको सचिवालयले जनाएको छ ।

सहिद घोषणा गर्ने विषयमा गृहमन्त्री सकारात्मक रहे पनि त्यसअघि पोस्टमार्टम हुनुपर्ने अडान गृह प्रशासनको छ । रविन्द्रको शरीरमा गोली लागेकाले त्यसको ब्यालेस्टिक जाँच पहिले गर्नुपर्ने माग परिवारको छ । तर गृह प्रशासनले पोस्टमार्टमपछि मात्र थप प्रक्रिया अघि बढाउने बताउँदै आएको छ ।

मृतकका परिवारसँग गृहमन्त्री गुरुङले साउन १९ गते शिक्षण अस्पताल पुगेर र त्यसपछि गृह मन्त्रालयमै बोलाएर छलफल गरेका थिए । सुनसरीको दङ्गामा परेर कप्तानगन्जका ओमप्रकाश मेहता, जयप्रकाश मेहता र सिराहाको दङ्गामा परेर औरहीका गणेश यादवसहित ४ जनाको मृत्यु भएको थियो ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!