
विराटनगर । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका-६ उल्टीमोडबाट लागूऔषध ब्राउन सुगरसहित एक जना भारतीय नागरिक पक्राउ परेका छन् ।
प्रहरीले भारतको बिहार राज्य अररिया जिल्ला पतरा पंचायत-६ का १९ वर्षीय ईस्मत उल्हालाई पक्राउ गरेको हो ।
लागूऔषध नियन्त्रण ब्युरो कोटेश्वर, लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय विराटनगर र जिल्ला प्रहरी कार्यालय सुनसरीबाट संयुक्त रूपमा खटिएको प्रहरी टोलीले उनलाई शंका लागेर चेकचाँज गरेको थियो ।
चेकजाँचका क्रममा उनको साथबाट ३०४.११ ग्राम ब्राउन सुगर बरामद भएको सुनसरीका प्रहरी प्रवक्ता डीएसपी चन्द्रबहादुर खड्काले जानकारी दिए । उनलाई जिल्ला प्रहरी कार्यालय सुनसरीमा राखेर आवश्यक अनुसन्धान सुरु गरिएको छ ।

संगालोखबर 












