
इटहरी । सुनसरीको इटहरी उपमहानगरपालिका-९ भद्र टोलमा १६ वर्षीय किशोर मृत फेला परेको घटनामा चार जना पक्राउ परेका छन् । उनीहरूलाई आत्महत्या दुरुत्साहनको कसुरमा अनुसन्धान गर्न पक्राउ गरिएको हो ।
स्थानीय नन्द बिष्टको घरमा डेरा गरी बस्ने बुद्धि सागर न्यौपानेका छोरा सरोज न्यौपाने साउन १९ गते दिउँसो साढे २ बजे आफ्नै कोठाभित्र चुकुल लगाएको अवस्थामा मृत भेटिएका थिए ।
घटनापश्चात आत्महत्या दुरुत्साहन दिन नहुने कसुरमा जाहेरी परेपछि उनीहरूलाई बुधबार पक्राउ गरिएको सुनसरी प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेहरूमा इटहरी उपमहानगरपालिका वडा-९ बस्ने २७ वर्षीय अशोक न्यौपाने, ३३ वर्षीय नमराज न्यौपाने, बाबु ४३ वर्षीय बुद्धि सागर न्यौपाने र सौतेनी आमा ३९ वर्षीया मुना न्यौपाने छन् ।
पक्राउ परेका आरोपीहरूलाई जिल्ला अदालत सुनसरीबाट साउन २० गतेदेखि लागू हुने गरी ५ दिनको म्याद थप गरी हिरासतमा राखिएको छ । घटनाको वास्तविक कारणबारे थप अनुसन्धान भइरहेको सुनसरी प्रहरीले जनाएको छ ।

संगालोखबर 













