
विराटनगर । सुनसरीको देवानगन्ज गाउँपालिका-३ स्थित कप्तानगनजमा भएको हिंसात्मक घटनामा संलग्न रहेको आरोपमा प्रहरीले केही युवाहरूलाई पक्राउ गरेको छ ।
घटनालाई उत्तेजित बनाउने, आगजनी गर्ने तथा हिंसा फैलाउने भूमिकामा प्रत्यक्ष संलग्न रहेको सूचनाका आधारमा प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।
घटनाको संवेदनशीलता र साम्प्रदायिक भावना बिग्रन सक्ने भन्दै प्रहरीले पक्राउ परेकाहरूको विवरण सार्वजनिक गरेको छैन । सुनसरीका प्रहरी प्रवक्ता डीएसपी चन्द्रबहादुर खड्काले केही युवा पक्राउ परेका बताए ।
तर संख्या, उनीहरूको समुदाय र नाम लगायतका सबै विवरण अहिले सार्वजनिक गर्नु संवेदनशील अवस्थामा उपयुक्त नहुने भएकोले अनुसन्धान अवधिभर गोप्य राखिने उनको भनाइ छ । अनुसन्धान थप तथ्य खुल्ने प्रहरीले जनाएको छ ।

संगालोखबर 













