
विराटनगर । जेनजी आन्दोलनका क्रममा झुम्का कारागारबाट भागेका धनकुटाका एक जना पक्राउ परेका छन् । लागूऔषध मुद्दाका प्रतिवादी साँगुरीगढी गाउँपालिका-९ का ३५ वर्षीय भुपाल राई पक्राउ परेका हुन् ।
खोजतलासका क्रममा शनिबार धरान उपमहानगरपालिका-११ सगरमाथा टोलबाट उनलाई पक्राउ गरिएको सुनसरीका प्रहरी प्रवक्ता डीएसपी चन्द्रबहादुर खड्काले जानकारी दिए ।
पक्राउ परेका राईलाई झुम्का कारागार पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।

संगालोखबर 













