संखुवासभा । संखुवासभामा एक जना मृत भेटिएका छन् । खाँदबारी नगरपालिका-१ स्थित होटलमा सुतेको अवस्थामा सल्यान घर भएका अन्दाजी ३४ वर्षीय एकराज चलाउने मृत भेटिएका हुन् ।
संखुवासभा प्रहरीका प्रवक्ता इन्स्पेक्टर रामकुमार लामिछानेका अनुसार चलाउने हिजो मात्रै खाँदबारी आइपुगेका थिए ।
उनले संगालोखबरसँग भने, ‘उहाँ सडकमा काम गर्ने मजदुर हुनु हुँदो रहेछ । हिजो मात्रै समूहमा आएर होटलमा बास बस्नुभएको रहेछ । बिहान सुतेकै अवस्थामा खाटमा शव भेटिएको हो ।’
मृत्युको कारण खुलिनसकेको इन्स्पेक्टर लामिछानेले जानकारी दिए । शवलाई जिल्ला अस्पताल खाँदबारीमा राखिएको र घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको उनले बताए ।