
विराटनगर । अभिषेक गिरी हाजिरी जममनीमा छुटेका छन् ।कैदीबन्दीको भत्ता दुरुपयोग गरेको आरोपमा पक्राउ परेका नेपाली काँग्रेसका नेता गिरी ४४ दिनपछि हाजिरी जमानीमा छुटेका हुन् ।
गत १३ असारमा पक्राउ परेका गिरीलाई मोरङ प्रहरीले आज साँझ हाजिरी जमानीमा छाडेकाे हाे । गिरीविरुद्ध मोरङ र काठमाडौंमा ठगीसम्बन्धी थप दुईवटा मुद्दा दर्ता भएका थिए ।
ती दुवै मुद्दामा सम्बन्धित पक्षबीच मिलापत्र भएपछि गिरीलाई हाजिरी जमानीमा छाडिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी मकेन्द्रकुमार मिश्रले जानकारी दिए ।
कैदीबन्दीलाई उपलब्ध हुने भत्ताको दुरुपयोग गरेको आरोपमा अनुसन्धानका क्रममा पक्राउ परेका गिरीमाथि त्यसपछि ठगीसम्बन्धी थप मुद्दासमेत अघि बढेकाे थिए ।

संगालोखबर 













